अमेरिकामा तिनहप्ता नेपाली कला प्रदर्शन हुने

चैत, काठमाडौं ।

अमेरिकाको टेक्सास राज्यको फोर्ट बर्थमा स्टारी साइकल अमेरिकाको फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा ३ हप्ते नेपाल शो २०१७ आयोजना हुने भएको छ । आगामी साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले ‘शो’ को उद्घाटन गर्ने शोमा नेपाली कलाकारले तयार पारेका चित्रकला, हस्तकला र फोटोे प्रदर्शनी हुनेछन् । स्टोरी साइकलले कलाका माध्यमबाट कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको छ । चित्रकला, हस्तकला, फोटो र भिडियोलगायतका फरक विधालाई एकै ठाउँमा प्रस्तुत गर्न शो आयोजना गरिएको बताइएको छ । प्रदर्शनीले कलाकारलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनुका साथै नेपालको प्रचारप्रसार हुने बताइएको छ ।

हस्तकलामा क्राफ्टेडइन काठमाडौंले काठमाडौंका २५ भन्दा बढी कलाकारले संकलन गरेको विविध कलामध्ये केही प्रदर्शन गरिनेछ । साथै जेलमा तयार गरिएका केही हस्तकला पनि यसमा सामेल गरिनेछ । स्टोरी साइकलले विभिन्न ठाउँमा गरेको कथा शिविरमा जम्मा गरेका फोटोहरु प्रदर्शनमा रहने र तीमध्ये फोटो ग्राफर नवीन बरालले खिचेका लमजुङका हिमालहरुको फोटो विशेष आकर्षणका रूपमा रहनेछन् ।

त्यसमा सगरमाथा र बारपाक क्षेत्रका फोटोसमेत राखिनेछन् । कथाकार सौरभ ढकालले तयार गरेको सगरमाथा आरोही आपा शेर्पा, सामाजिक उद्यमी अनिल चित्रकार, म्यागासेसे विजेता महावीर पुन, जलविद्युत् प्रवद्र्धक वीरबहादुर घले, सिएनएन सुपर हिरो पुस्पा बस्नेत र साइकल यात्री पुस्कर शाहको कथा प्रदर्शनीमा प्रस्तुत गरिनेछ ।  शो आउँदो अप्रिल ०७ देखि २६ २०१७ सम्म चल्नेछ ।