चैत, काठमाडौं ।

महोत्तरीको बर्दिबासका मुसहर बस्तीका स्थानियहरु यतिखेर निकै खुसी छन् । हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) को नेतृत्वमा उक्त बस्तीमा ५३ वटा घर बनेका छन् । बर्षौदेखी त्रिपालको भरमा बसेका मुसहर बस्तीका स्थायिनहरुले अब आउने बैशाख १ गते देखि चिटिक्क रंगीएको सिंगो घर पाउँदैछन् ।

यतिखेर रंगीएका घरहरुले पुरा बस्ती नै झिलिमिली बनेको बनेको छ । घोषणा गरीएको समयमा नै बस्ती हस्तान्तरण गर्नका लागी धुर्मुस् सुन्तली दिनरात गर्दै लागिपरीरहेका छन् । केहि दिन अघिमात्रै धुर्मुस् सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बैशाख १ गते बस्ती हस्तान्तरण गरीने भन्दै सबैमा जानकारी गराएका थिए । साथै बस्तीका लागी सहयोग रकम पुगेको भन्दै सबै सहयोगी मनहरुमा धन्यवाद दिएका थिए ।

पहिलाको र अहिलेको मुसहर बस्ती तलको भिडियो रिपोर्टमा हेर्नुहोस् ।