बर्थ डे स्पेशलः बैङ्कर्स बन्छु भन्ने बर्षा यसरी भइन् नायिका

चैत, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा आउने सपना नै नदेखेकी नायिका बर्षा सिवाकोटी यतिखेरकी सम्भावना बोकेकी नायिका हुन् । चलचित्र ‘नाई नभन्नु ल २’ बाट डेब्यु गरेकी बर्षालाई यतिखेर राम्रै चलचित्रहरुबाट अफर आईरहेका छन् । चलचित्र 'पशुपति प्रसाद'मा अभिनय गरीसकेपछि नेपाली चलचित्रक्षेत्रमा अझ नाम कमाएकी बर्षाले थुप्रै म्युजीक भिडियोहरुमा पनि मोडलिङ गरीसकेकी छिन् ।

नायिका बर्षा आजबाट २३ बर्ष पुरा गरी २४ बर्षमा प्रवेश गरेकी छिन् । सानैदेखी पढाईमा ट्यालेन्ट बर्षालाई परिवारले एउटा बैङ्कर्स बनेको हेर्न चाहन्थे तर उनी अहिले नायिकाको रुपमा स्थापित भइसकेकी छिन् । उनले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘लप्पन छप्पन’ यतिखेर नेपाली चलचित्रहलहरुमा लागिरहेको छ । यो चलचित्रले पनि बक्स अफिसमा राम्रो ब्यापार गरीरहेको छ

कसरी बनिन् नायिका ? (बर्षाकै बोलीमा)

'म सानैदेखी अरु जस्तो चन्चले स्वभाव कि थिइन । साथीभाईसँग घुम्न जाने मेरो बानी थिएन । स्कुलबाट आउने घरमै बस्ने ऐन हेर्ने कपडा चेन्ज गने, टिभि हेर्ने नायिकाहरुजस्तो गर्ने मेरो बानी थियो । तर म नायिका बन्छु भन्ने मेरौ लक्ष्य केहि थिएन ।

मेरो बाबाको उद्देश्य म एउटो बैङ्कर्स बन्ने थियो । तर सानैदेखी नृत्यमा चाँही अगाडी नै थिएँ । स्कुलमा हुने नृत्य प्रतियोगीतमा धेरै पटक प्रथम पनि भएकी थिएँ । पछि कलेज पढ्नेक्रममा एक कार्यक्रम भएको थियो जहा नृत्य प्रतियोगीता पनि भएको थियो त्यसमा भाग लिएकी थिएँ । त्यसैक्रममा मेरो नृत्य देखेर मलाई एकजना मिडियाकर्मिले एक चलचित्रमा नयाँ फेस चाहिएको छ भन्नुभएको थियो । पछि उहाँले नै मलाई ‘नाई नभन्नु ल २’ को छायांकनस्थलमा लैजानु भयो । मलाई त्यो बेलासम्म पनि लागेको थिएन कि म अभिनय गर्दैछु भनेर त्यो चलचित्रमा सानो भुमिका भएपनि राम्रो भनेर सबैले हौसला दिनुभयो र चलचित्र रिलिज हुनु अघि पनि धरै म्युजीक भिडियोहरुमा अफर आए र मोडलिङ पनि गर्दै गरेँ । चलचित्र रिलिज भएपछि अन्य चलचित्रबाट पनि अफर आउन थाले ।'