मैले ‘काका’ भनेपछि पाँडेले पिट्दा रमाइलो लाग्छ: गोबिन्द

गोपिकृष्ण चापागाई / चैत, काठमाडौं ।

नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’का कलाकार गोबिन्द कोइराला ‘जयन्ते’ नामबाट चर्चित छन् । भद्रगोलका मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे) को भतिजको रुपमा देखिने गोबिन्द भद्रगोलमा शुरु देखीनै जयन्ते भएर भने आएका होइनन् । भद्रगोल प्रसारण शुरु भएपछि दुईभागमा उनले अभिनय गर्ने मौका पाएका थिए । शुरुवातमा पत्रकारको भुमिकामा देखिएका गोबिन्दलाई नियमित कुन भुमिका सहाउला भन्ने टिमको छलफलमा जयन्तेको भुमिका निस्किएको उनी बताउछन् । उनका अनुसार भाग ४ बाट पाँडेको भतिज जयन्ते भएर पर्दामा देखिएका हुन् । यसैबिच आज (आईतबार) हिमालय टाईम्समा प्रकाशित गोबिन्द कोइरालासँगको भद्रगोल बिशेष कुराकानीः

जिग्री-पाँडेले जयन्ते बनाइदिनुभयो

म भद्रगोलमा भाग २ को श्रृंखलामा पत्रकारको भुमिकामा थिएँ । त्यो भुमिका नियमित नजाने भएकोले कुन क्यारेक्टर बनाउन सकिएला भन्ने हामीले सोंच्दै गर्दा अर्जुन घिमिरे अर्थात ‘पाँडे’को भतिज बन्दा राम्रो हुन्छ भनेर कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे दाईले सल्लाह दिनुभयो र त्यसपछि नियमित भतिजो भएर खेलियो । पछि दर्शकले धेरै मन पराउनु थाल्नुभयो र अझ राम्रो बनाउँदै केहि रेगुलर डाईलगहरु राख्दै गइयो ।

काका भनेको मन पराउनुहुन्छ

म नेपाल भित्रका धेरै स्टेजहरुमा जाने अवसर पाएको छु । त्यो क्रममा दर्शकले मेरो क्यारेक्टरलाई धेरै मन पराउनुभएको रहेछ भन्ने महसुस पनि गर्न पाएको छु किनकी जब दर्शकको अगाडी गएर मैले जयन्ते भएर अभिनय गर्छु एक किसिमको छुट्टै रमाइलो माहोल बन्छ । अझ प्रत्यक्षरुपमा दर्शक सँग भेटेर कुरा गर्दा मैले भद्रगोलमा ‘काका’ भनेर बोलाएको धेरै मन पर्ने बताउनु हुन्छ । एक पटक काका भन्दिनुस् न भन्ने धेरै पाउछु अनि मैले भद्रगोलमा हाँसेको पनि धेरै मन पर्ने बताउनु हुन्छ । खुसी लाग्छ ।

पाँडेले पिट्दा रमाइलो लाग्छ

भद्रगोल भित्र मैले केहि बढी बोल्दा पाँडे काकाले पिट्ने गर्नु हुन्छ । त्यो बेलामा क्यामेरा अभिनय गर्दा त त्यसतो हाँसो त हुँदैन तर पछि आफैले टिभिमा हेर्दा खुबै रमाइलो लाग्छ । जब मैले बेस्सरी हाँसेर काका भन्दा तँलाई डाम्ना भन्दै मज्जाले कुटेको हेर्दा चाँही खुबै मज्जा आउँछ ।

कमजोरी लाई सुधार्दै लगेको छु

मैले अभिनय गर्न थालेको त धेरै भएको छैन । भद्रगोलकै अग्रज दाईहरुले धेरै कुरा सिकाउनु हुन्छ । मलाई धेरै खुसी पनि लाग्छ कि मैले सिक्दै काम गर्न पाएको छु  । अर्को कुरा के छ भने मैले आफैले आफ्नो क्यारेक्टर टेलिभिजन अगाडी बसेर हेर्दा केहि कमजोरीहरु पनि देखेको हुन्छु त्यो सुधार्दै लगेको छु र दर्शक तथा अग्रज दाईहरुबाट आएको सुझावलाई पनि ममन गरेर सुधार्ने गरेको छु ।

भतिज नभएको भए चर्चित हुन्थेन

म धेरै भाग्यमानी जस्तो पनि लाग्छ किनकी भद्रगोलकै चर्चित पात्र पाँडेको भतिज भएर अभिनय गर्न पाएको छु । सायद भद्रगोलमा पाँडेको भतिज हुन नपाएको भए अहिले दर्शकले मलाई जति जयन्ते भनेर चिन्नुहुन्छ त्यति चर्चित हुन्थेन होला । अहिले प्रत्येक भागमा पाँडेसँगै देखिन पाउनुपनि मेरो लागी भाग्यकै कुरा हो । यसका लागी मैले अर्जुन घिमिरे, कुमार कट्टेल लगायत भद्रगोल टिमलाई बिशेष धन्यवाद दिन्छु ।