गृहमैदान पोखरामा नेपथ्य, झुम्मिए हजारौं दर्शक

चैत, पोखरा ।

नेपथ्य ब्याण्डले गृहमैदानमा भब्य कन्सर्ट सम्पन्न गरेको छ । झण्डै चार बर्षको अन्तरालपछि आफ्नो गृहमैदानमा हजारौं दर्शकको अगाडी आफ्ना थुप्रै चर्चित गीत गाउँदै भब्य कन्सर्ट गरेको हो ।

पछिल्लो साता सधैंजसो बर्षा भएको पोखरामा शनिबार भने टलक्क घामको साथमा लगातार दुईघण्टासम्म रंगशालामा हजारौं दर्शक झुम्मिए । नेपथ्यको कन्सर्टमा प्राय नसुनीने ‘मर्दी खोला घुम्दै आएँ है साइँली माइली मेलैमा’ बोलको गीतले पोखरामा पनि मज्जैले स्थान पायो । नेपथ्यले सुरुवातै पोखरेली अग्रज सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत भरेको आफ्नो ताजा रेकर्ड ‘कुरुप अनुहार हो, यहाँ कुनै साथी छैन’ बाट गरेको थियो ।

कन्सर्टमा दोश्रो गीतको रुपमा गाइएको ‘भेँडाको ऊनजस्तो’ मा पनि युवा दर्शकहरु खुबै नाँचेका थिए । कार्यक्रममा एकसमय दर्शकहरुले एकोहोरो ‘अमृत’ ‘अमृत’ भनेर नाराबाजी गर्दा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङको आँखा रसाएको देखिन्थ्यो । ‘जन्मदिने ठाउँ र आमालाई माया गर्न कहिल्यै नछुटाउनु’ भन्दैगर्दा उनले ‘आमा हुन साह्रै असजिलो छ’ र ‘आमाको कोखमा वासमात्रै लिएँ नि, कुन देसको मरन हौ हाजुर’ जस्ता गीतहरु पनि सुनाएका थिए । दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरुको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।  कन्सर्टमा विदेशी पर्यटकहरुको समेत उल्लेख्य उपस्थिती थियो ।

‘फेरि उठ्नेछ नेपाल’ शिर्षकमा आयोजित यस कन्सर्टबाट भएको आर्थिक लाभको रकम कास्कीकै ल्वाङघलेलस्थित गौरीशंकर मणिलाल मावि र बाँसखर्क सल्यानस्थित भुमेश्वर प्राविलाई प्रदान गरिनेभएको छ ।

- file photo