प्रेमकथा लेखेकी एलिशालाई एकलाख

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र ‘लभ लभ लभ’को टिमले ‘आफ्नो प्रेमकथा पठाउनुहोस्, एक लाख पुरस्कार जित्नुहोस’ भन्दै एक महिना अघि जारी गरेको यो घोषणाको फाइनल भएको छ । घोषणा पछि थुप्रै कथाहरु चलचित्र टिमले पायो जसबाट एक उत्कृष्ट कथा पठाउने पाटनकी एलिशा महर्जनले एक लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । डेढ सय बढि प्रतिस्पर्धीबाट उनको कथा चुनिएको हो ।</p><p style="text-align: justify; ">राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले एलिशालाई सो पुरस्कार दिएकी हुन् । निर्देशक दिपेन्द्र के खनाल, अभिनेता सुरज पाण्डे र अभिनेत्री स्वस्तिमा खड्का समेतको उपस्थितीमा पुरस्कार दिइएको हो । चलचित्र लभ लभ लभ २०७४ बैशाख १ गतेबाट देशभर प्रदर्शनमा आउँने चलचित्र हो । कथा छनोट गरेका निर्देशक खनालले अन्य प्रतिस्पर्धीको तुलनामा एलिशाले लेखेको कथामा ‘गुदी’ भेटेको तर्क गरे । विजयी एलिशाले आफुले पाएको पुरस्कार धनराशी पढाईमा लगानी गर्ने बताईन् ।</p><div style="text-align: justify; "><br></div>