आजबाट प्रथम चन्द्रागिरी महोत्सव, पहिलोदिन दिपक–दिपा ले हँसाउने

गोपिकृष्ण चापागाई । चैत, काठमाडौं ।

राजधानीको गुर्जुधारामा आजबाट ‘प्रथम चन्द्रागिरी महोत्सव २०७३’ शुरु हुँदैछ । आज (चैत २९) देखी बैशाख ६ गतेसम्म चल्ने महोत्सवमा गोरु जुधाई प्रतियोगीता, रेस्लिङ खेल तथा सांगीतिक कन्सर्ट पनि हुने बताइएको छ । काठमाडौंको पश्चिम भेग मनोरम चन्द्रागिरीमा हुने महोत्सवलाई थप सफलता दिन र दर्शकहरुको आर्कषण बढाउन यी कार्यक्रमहरु पनि राखिएको बताइएको हो ।

सोमबार थानकोटस्थित चन्द्रागिरी हिल्समा पत्रकार भेटघाट कार्यक्रम गर्दै महोत्सव मुल समारोह समितिले अन्य महोत्सव भन्दा केहि फरकपन यो महोत्सवमा देख्न पाइने जनाएको छ । महोत्सवको उद्घाटन आज बिहान ११ बजेर ३० मिनेटमा प्रधानमन्त्री पुष्प कमल दाहारले गर्ने बताइएको छ । साथै महोत्सवको अवधिमा बैशाख १, ३ र ५ गते गोरु जुधाउने प्रतियोगीता रहने छ । गोरु जुधाउने प्रतियोगीता बैशाख १ गते एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ । त्यस्तै बैशाख ४ र ५ गते हिमालयन टाईगर समूहले रेस्लिङको मज्जा दिने छन् ।

आज कलंकी र नागढुंगाबाट बाजागाजा सहितको र्याली निकालेर महोत्सव स्थल तिर लाग्ने र त्यसपछि कार्यक्रम औपचारिकरुपमा शुरु हुने महोत्सव संयोजक समीर बलामीले जानकारी दिए । महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र सूचनाका स्टलहरु रहनेछन् । साथै घरेलु, प्रविधी अटो इन्जि, लत्ताकपडा, फुड स्टल, रमाइलो मेला, राष्ट्रिय कलाकारहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि दिनेछन् ।

महोत्सवमा सम्पुर्ण तयारी पुरा भएको संयोजक बलामीले आर्टिस्ट खबरलाई जानकारी दिएका छन् । यसका साथै उनले महोत्सवको कुल खर्च १ करोड हुने र अनुमानमा ८ करोड भन्दा बढीको कारोवार महोत्सव अवधिभर हुने बताएका छन् । महोत्सवमा ३ लाख दर्शहरुलाई अवलोकन गराउने लक्ष्य रहेको उनको भनाई छ । महोत्सव अवलोकनका लागी साधारण ब्यक्तिलाई रु. ५० त्यसैगरी बिद्यार्थीका लागी रु. ३० र अपांग, बृद्ध तथा अशक्तहरुका लागी निशुल्क प्रवेश राखिएको सह—संयोजक राम नारायण घिमिरेले जानकारी दिए ।

आज महोत्सवको पहिलो गीत सांगितीक प्रस्तुतीका लागी हाँस्य कलाकार दिपकराज गिरी र  दिपाश्री निरौला त्यसैगरी गायक टंक बुढाथोकीले प्रस्तुती दिने बताइएको छ । साथै भोली दोस्रोदिनका लागी लोक गायक रामजी खाँण लगायतका कलाकारहरु रहने सांस्कृतिक संयोजक कुबेर गिरीले आर्टिस्ट खबरलाई जानकारी दिए ।