‘छक्का पंजा २’ नबन्दै १ करोडमा विक्री

...

<pre><b>चैत, काठमाडौं</b></pre><p>यस वर्ष सर्वाधिक चर्चामा रहन सफल चलचित्र 'छक्का पंजा'को सिक्वेलको रुपमा बन्न लागेको 'छक्का पंजा २' चलचित्र नबन्दै १ करोडमा बिक्री भएको छ। &nbsp;चलचित्रलाई निर्देशन गर्न लागेकी &nbsp;दीपाश्री निरौलाले &nbsp;हाइलाइट्स नेपालले १ करोडमा विदेश रिलिज र डिजिटल राइट खरिद गरेको जानकारी दिएकी छिन्। यसबाट &nbsp;युट्युब तथा सामाजिक सञ्जाल अधिकार तथा नेपालबाहेकका देशहरुमा रिलिज गर्ने अधिकार हाइलाइट्स नेपालसंग हुने भएको छ। यस अघि 'छक्कापञ्जा' पनि सुटिङमा नजाँदै हाइलाइट्स नेपालले ५० लाखमा खरिद गरेको थियो। विकास आचार्य र सामीप्यराज तिमल्सिनाको कथामा बन्ने यस चलचित्रमा पनि छक्कापञ्जाकै टिम रहनेछन्। चलचित्रमा यस पटक निश्चल बस्नेत र स्वस्तीमा खड्काले पनि अभिनय गर्ने भएका छन्।&nbsp;<br></p>