दिपिकाले रिजेक्ट गरिन शाहरुखको फिल्म -कारण के त?

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड एक्ट्रेस दीपिका पादुकोणले &nbsp;शाहरुख खान संग फिल्म खेल्न इन्कार गरेकी छिन्। भारतीय मिडियाका अनुसार उनले &nbsp;आनंद एल रायको फिल्ममा शाहरुख संग खेन्ल साइन गरेकी थिइन तर अहिले दिपिकाले उक्त फिल्म छोडेकी छिन्। खवर अनुसार दिपिकाले फिल्म पद्मावती को शुटिंगमा व्यस्त रहने हुनाले शाहरुखको साथ फिल्म खेल्न नभ्याउने बताएकी छिन्। तनु वेड्स मनुका निर्देशक आनन्द एल राय शाहरुख र दीपिकालाई लिएर फिल्म बनाउन चाहेका थिए र शाहरुख पनि यसका लागि राजी भएका थिए। शाहरुखले फिल्मका लागि समय पनि दिइसकेका थिए। तर अब भने दीपिकाको तर्फबाट मामला बिग्रिएको छ। पद्मावतीमा रणवीर सिंहको साथ काम गरिरहेकी दीपिका यस प्रोजेक्ट लाई लिएर &nbsp;गंभीर छिन्। जसका कारण दीपिकाले &nbsp;शाहरुख जस्ता स्टारलाई नकारेकी छिन्। यसअघि पनि दिपिकाले सलमानको साथमा फिल्म सुल्तानमा खेल्नका लागि नकारेकी थिईन्। एजेन्सी</p>