आज धुर्मुस सुन्तलीले बनाएको मुसहर बस्ती हस्तान्तरण हुँदै, तयारी यस्तो छ

बैशाख, काठमाडौं ।

बिगत चारमहिना देखी निरन्तर खटिएर हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)को नेतृत्वमा निर्माण भएको महोत्तरी बर्दिबासमा एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य सकिएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको जम्मा ५३ वटा घर आज (बैशाख १ गते) हस्तान्तरण हुँदैछ । आज बिहान ८ बजे देखी बरिष्ठ कलाकारद्धय महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)को प्रमुख अतिथ्यमा बस्ती हस्तान्तरण हुनेभएको छ । बस्तीलाई महजोडीले नै हस्तान्तरण गर्नेछन् ।

धुर्मुस सुन्तलीले निर्माण गरेका यो भन्दा अघिका एकिकृत बस्तीहरुमा मन्त्री तथा राष्ट्रपतिद्धारा हस्तान्तरण गरीएको भएपछि अहिले पनि कुनैपनि राजनितिज्ञहरुको आगमन नहुने बताइएको छ । यतिखेर बस्तीमा केहि राष्ट्रिय कलाकारहरु आइसकेका छन् । उपस्थित कलाकारहरुमा महजोडीको साथमा अभिनेता सरोज खनाल, अभिनेत्री बसुन्धरा भुसाल साथै रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिती रहेको छ ।

झिलीमिली मुसहर बस्ती

आज हस्तान्तरण गरीने एकिकृत नमुना मुसहर बस्तीलाई झिलिमिली बनाइएको छ । अघिल्लो दिनबाटै निकै सिंगारिएको बस्तीको सबैतिर बत्तिहरु, ठाउँठाउँमा  ७ वटा गेट राखिएको छ । बस्ती बर्दिबास चोकबाट १.७ कि.मि भित्ररहेको छ अहिले बिहान ७ बजेर ३० मिनेट जाँदा बर्दिबास चोकबाट झाँकी र्याली सहित बस्तीसम्म पुग्ने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।