धुर्मुस सुन्तलीले पार्टी खोले प्रचण्ड फ्ल्प खान्छन -हरिवंश आचार्य

...

<pre><b>&nbsp;बैशाख,काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">धुर्मुस सुन्तली फाउन्डेसनको &nbsp;निर्माणमा बनेको महोत्तरी वर्दिवास स्थित मुसहर बस्ती आज स्थानीयलाई हस्तान्तरण गरिएको छ ।मुसहर वस्तीमा &nbsp;आयोजना गरिएको कार्यक्रममा आज &nbsp;हाँस्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वस्तीको साँचो हस्तान्तरण गरेका छन्। उनीहरुले स्थानीय विल्टु सदालाई वस्तीको सांचो हस्तान्तरण गरेका हुन् ।</p><p style="text-align: justify; ">कार्यक्रममा बोल्दै हरिवंशले धुर्मुस सुन्तली आफु भन्दा पछि जन्मिएपनि उनीहरु सामाजिक अभियन्ताको गुरुको रुपमा स्थापित भएको बताएका छन्। अब मुलुकले धुर्मुस सुन्तली जस्तै &nbsp;सामाजिक अभियन्ताबाट नेता जन्माउने दावी गरेका छन्। उनले धुर्मुस सुन्तलीले पार्टी खोलिदिए भने &nbsp;प्रचण्ड,केपी ओली, शेरबहादुर देउवा लगायतका नेताहरु हेरेको हेर्यै हुन सक्ने तथा राजनितिमा फ्ल्प खान सक्ने बताएका छन्। हरिवंशले भने- ''धुर्मुस् सुन्तलीलाई जनताले यतिधेरै मानेका छन् कि अब कुनै पार्टि खोलेपछि प्रचण्ड समेत फ्ल्प जानसक्छन्'' । हरिबंशले यसो भनिरहँदा उपस्थितमा हाँसाको बर्षासँगै ताली बजेको थियो ।</p><p><br></p>