बैशाख, काठमाडौं ।

चलचित्र झमक बहादुर निर्माण हुने भएको छ । नेपाली समाजमा नेपालीपनको झल्को दिने चलचित्रको रुपमा हेरिएको यो चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्दैछन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले नेपाली समाजमा अझै पनि विकृतिका रुपमा रहेको धनी र गरिबबीचको द्धन्द्धलाई देखाउन खोजिएको बताइएको थियो । चलचित्रलाई यूबी फिल्मस् ग्यालरीले निर्माण गर्न लागेको हो । चलचित्रमा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाही, मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा (सरापे), सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहनेछ ।

काठमाडौँ र पोखरामा छायांकन हुने यो चलचित्रलाई राजेन भूजेलले लेखेका हुन् । चलचित्रलाई तारादेवी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले निर्माण गर्न लागेका हुन् ।