मुसहर बस्ती हस्तान्तरण गरेको भोली पल्टै धुर्मुस सुन्तलीले अर्को निर्माणकार्य शिलान्यास गर्दै

बैशाख, सप्तरी ।

पछिल्लो समय हाँस्य कलाकार भन्दा समाजसेवी भनेर नाम कमाएका कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बैशाख १ गते बर्दिबासमा एकिकृत नमुना मुसहर बस्ती हस्तान्तरण गरे । ९५ दिनसम्म अहोरात्र खटिएका यी जोडीले मुसहर बस्तीमा ५३ घर हस्तान्तरण गरेसँगै मुसहरबासीहरुमा खुसी छायो ।

यसका साथै यीनै जोडी मुसहर बस्ती हस्तान्तरण गरेको भोली पल्टै अर्थात आज (शनिबार) अर्को समाजसेवामा सरिक भएका छन् । धुर्मुस सुन्तली यतिखेर सप्तरी जिल्ला आईपुगेका छन् । उनीहरु सप्तरीस्थित राजबिराजमा रहेका ३ दृष्टिबिहिन परिवारका लागी निर्माण हुने भनिएको ३ घरको शिलान्यास गर्दैछन् । उनीहरुले अहिले ११ बजे घरको शिलान्यास गर्ने बताइएको छ ।

यो निर्माण कार्यभने धुर्मुस सुन्तली फ्राउण्डेशनबाट नभई जिग्री पाँडे प्रतिष्ठान नेपालबाट हुन लागेको हो । बिगत केहि महिना अघि कान्तिपुर राष्ट्रिय दैनिकमा यी दृष्टिबिहिनहरुको समाचार पढेपछि आँफुहरुलाई सहयोग गर्ने इच्छा भएर राजबिराजमै आएको जिग्रि पाँडे प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए । ‘हामी दृष्टिबिहिन परिवारका लागी लत्ताकपडाहरु सहयोग गरौं भनेर आएका थियौं तर यहाँ आईसकेपछि उहाँहरुलाई आवासको पनि समस्या रहेछ त्यो देखेपछि हामीले घर बनाईदिने योजना गरेका हौं’, अर्जुनले आर्टिस्ट खबरसँग कुरागर्दै भने । करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागी देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बाँकी रहेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागी प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल (जिग्री)ले अनुरोध गरेका छन् ।

यो अभियानमा जिग्री पाँडे प्रतिष्ठान नेपालसँगै सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाहको पहलमा हुने लागेको हो ।