जिग्री पाँडे प्रतिष्ठानद्धारा सप्तरीमा दृष्टिबिहिनहरुका लागी घरनिर्माण सुरु

बैशाख, सप्तरी ।

जिग्री पाँडे प्रतिष्ठान नेपालले सप्तरीका तिन दृष्टिबिहिन परिवारका लागी घर निर्माण कार्य सुरु गरेको छ । हाँस्य टेलिसिरियल भद्रगोलका दुई चर्चित पात्र अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न तिन दृष्टिबिहिन परिवारका लागी घर बनाईदिन सुरु गरेका हुन् । शनिबार घरको शिलान्यास गरिएको छ ।

शिलान्यास कार्यक्रममा हाँस्य कलाकार तथा समाजसेवीद्धय धुर्मस—सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले उक्त घरको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै सिताराम कट्टेलले जिग्री पाँडे प्रतिष्ठानबाट राम्रो कार्यको सुरुवात भएको र सामाजिक कार्यमा आउने दुखहरुबाट हरेश नखाई निरन्तर अघि बढ्न सल्लाह दिएका थिए । साथै सितारामले उक्त गाउँका दृष्टिबिहिनहरुसँग त्यहाँको अवस्था पनि बुझेका थिए ।

बिगत केहि महिना अघि कान्तिपुर राष्ट्रिय दैनिकमा यी दृष्टिबिहिनहरुको समाचार पढेपछि आँफुहरुलाई सहयोग गर्ने इच्छा भएर राजबिराजमै आएको जिग्रि पाँडे प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए । ‘हामी दृष्टिबिहिन परिवारका लागी लत्ताकपडाहरु सहयोग गरौं भनेर आएका थियौं तर यहाँ आईसकेपछि उहाँहरुलाई आवासको पनि समस्या रहेछ त्यो देखेपछि हामीले घर बनाईदिने योजना गरेका हौं’, अर्जुनले आर्टिस्ट खबरसँग कुरागर्दै भने । करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागी देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बाँकी रहेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागी प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल (जिग्री)ले अनुरोध गरेका छन् ।

यो अभियानमा जिग्री पाँडे प्रतिष्ठान नेपालसँगै सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाहपनि सँगै सहयोगमा जुटेका छन् ।

video: