‘साँइली..’ ले राख्यो नयाँ रेकर्ड

बैशाख, काठमाडौं ।

पछिल्लो समय आम मानिसको मन मुटुमा बस्न सफल गीत सुन साँइलीले रिलिज भएको कम समयमै निकैनै चर्चा कमाइरहेको छ। हेमन्त रानाको स्वरमा रहेको यस गीतले युट्युबमा रिलिज भएको दुई महिनामै एक करोडभन्दा बढी ‘भ्युज’ कमाएको छ।

गीतको भिडियो दुई महिनामा एक करोड पटक हेरेर यस गीतले छोटो समयमा धेरै हेरिने गीतको रेकर्ड बनाएको हो । कालीप्रसाद बास्कोटाको शव्द तथा संगीत रहेको यस गीतको भिडियोलाई गायक हेमन्त रानाले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारीको विषयवस्तुमा आधारित यस भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिनय गरेका छन्।

यस अघि पनि सुर्के थैली खै,पुर्व पश्चिम रेल ,ठमेल बजार लगायतका गितको भिडियोहरुले एक करोड भ्युज  पाएका छन्। तर चलचित्रका गीत बाहेकका गीतहरुमा भने छोटो समयमा धेरै भ्युज पाउने गीतको रेकर्ड साँइलीले राखेको छ।