बलिउड सिंगर: सबैभन्दा महंगा अरिजित,हिट बादशाह

...

<p><pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify;">बलिउडका सिंगरहरुमा अरिजित सिंह र बादशाह लाई मन नपराउने फ्यानहरु कमै होलान। उनीहरुको गितको भ्युअर्स संख्या बाट नै उनीहरु कति हिट छन भन्ने अड्कल गर्न सकिन्छ्। हालै बादशाहको नयाँ गीत ‘मर्सी’ले रिलिज भएको ४८ घन्टामै डेढ करोड भ्युज पाएको छ। १४ दिन मा यूट्यूबमा यसलाई २.७० करोड पटक हेरिएको छ। तर सिंगरहरुमा को सबैभन्दा अगाडि छ भन्ने सवाल गर्दा भने अरिजीत सिंहको नाम आउने गर्छ।भारतीय मिडियाका अनुसार &nbsp;अरिजीत सबैभन्दा बढी पारिश्रमिक लिने गायक मा पहिलो छन्। उनी एक गीत गाएबापत ५ लाख लिने गर्छन भने बादशाह को एक गीतको पारिश्रकिम करिब ३ लाख रहेको छ। तर बढी भ्युअर्स पाउने कुरामा भने बादशाहले अरिजितलाई पछि पारेका छन्। एजेन्सी</p></p>