<pre><b>बैशाख, काठमाडौ।</b></pre><p style="text-align: justify; "> स्टार वन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा मिस टिन ग्लोबको पहिलो संस्करण सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा आस्था शाहले मिस टिन ग्लोब २०१७ को उपाधि जितेकी छिन् ।२७ प्रतिस्पर्धी हरुलाई पछि पार्न सफल शाहले मिस व्युटिफुल उप उपाधी पनि हात पारेकी छिन्।</p><p style="text-align: justify; "> गायक आनन्द कार्की, नायक आयृष रिजाल, पत्रकार श्याम अर्याल, व्यांकर अनिता प्रधान, शिक्षाविदद्धय सुदन डोटेल र पुर्ण लामा तथा संगीतकार सरोज प्याकुरेलको निर्णायकत्वमा सम्पन्न प्रतियोगितामा सुवर्णा सिंखडाले फष्ट रनर्स अपका साथै मिस ट्यालेन्ट र मस्ट फोटोेजेनिक को उपाधि जितेकी छिन भने रेशिमा थापा सेकेण्ड रनर्सअपका साथै फेशन आइकन बनेकी छिन। </p><div style="text-align: justify; "><br></div>