‘लभ लभ लभ’की निर्मात्री पाण्डेले ५ करोडमा अर्को चलचित्र बनाउने

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रक्षेत्रमा पछिल्लो समय लगानीकर्ताहरु थपिदै गएका छन् । नेपाली बजारमा पनि चलचित्रले राम्रो ब्यापार गर्न थालेपछि लगानीकर्ताहरुले पनि खुलेर लगानी गर्न थालेका छन् । गतबर्षमात्र करोड भन्दा माथिको लगानीमा थुप्रै चलचित्र बने त्यसै गतबर्षको सर्वाधिक लगानी महंगो भएको चलचित्र &nbsp;‘कालोपोथी’ ले पनि व्यवसायिक एवं समिक्षात्मक हिसाब दुबैमा सफल रह्यो । यो चलचित्र चारकरोड लगानीमा निर्माण भएको थियो ।</p><p style="text-align: justify; ">यसबर्ष (२०७४) मा पनि ठुलो बजेटमा चलचित्र निर्माण हुने भएको छ । सुरज सिने आर्ट्सले निर्माण गर्न लागेको चलचित्रको लगानी ५ करोड रहने बताइएको छ । चलचित्रको नामभने खुलाइएको छैन । दीपेन्द्र के. खनालले निर्देशन गर्ने उक्त सोसल ड्रामा चलचित्रलाई निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । शर्मिलाले निर्माण गरेको चलचित्र ‘लभ लभ लभ’ अहिले नेपालीहलहरुमा लागीरहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">आउँदा शनिबार आयोजना हुने प्रेसमिटमा सिनेमा घोषणा गर्ने तयारीमा पाण्डे छिन् । मंगलबार कुरा गर्दै निर्मात्री पाण्डे र निर्देशक खनालले ५ करोड लागतमा सिनेमा बन्ने जानकारी दिए । ‘कन्सेप्ट रेडी छ र स्क्रिप्ट लेखन सुरु गरेका छौं’ खनालले भने, ‘आगामी फागुनमा रिलिज गर्नेछौं ।’ अहिले यो चलचित्रमा नयाँ कलाकार हुनेछैनन्, चलेकै कलाकार राखेर चलचित्र बनाउँदै छौं ।, निर्मात्री पाण्डेले भनिन् । निर्देशक खनालले भने फिल्मको कथावस्तु अनुसार नै बजेट डिमान्ड भएको बताए । ‘योजनाअनुसार बजेट तय गरिएको हो’ खनालले भने, ‘करियरकै महत्वपूर्ण फिल्मको रुपमा यसलाई लिएको छु ।’</p><p style="text-align: justify; ">&nbsp;</p>