म जस्तो छु त्यस्तै हुनेछ नेप्टीको चरित्रः छुल्ठिम

बैशाख, काठमाडौ।

चलचित्र नोभेम्बर रेनमा डल्ली बनेर दर्शक माझ चिनिएकी छुल्ठिम गुरुङ पछिल्लो समय नायिका मात्र होइन निर्मात्री पनि बनिसकेकी छिन् । डायरी चलचित्र बनाईसकेकी छुल्ठिमले अब नयाँ चलचित्रमा अभिनय गर्दैछिन् । उनले केहिदिन अघिमात्रै घोषणा भएको चलचित्र नेप्टीमा अभिनेता दयाहाङ राई सँग स्क्रीन शेयर गर्ने भएकी छिन् ।

चलचित्रमा  उनी नेप्टीको रोल गर्नेछिन् । उनले नेप्टी भित्र आफुलाई पाएको बताएकी छिन् । चलचित्रमा नेप्टीको चरित्र आफु जस्तै भएको बताएकी छिन् ।रियल लाईफमा पनि आफुलाई नेप्टी भनेर धेरैले जिस्काउने गरेको उनले जनाएकी छिन्। पहिलो पटक दयाहाङ सँग स्कृन गर्न पाउँदा आफुलाई निकै खुसी लागेको व्यक्त गर्दै उनले चलचित्रमा आफ्नो भुमिका जस्तो भएपनि समग्रमा दया सँग आफ्नो केमेष्ट्री मिल्ने बताएकी छिन् ।
साथै छुल्ठिमले दयाहाङसँग चलचित्रमा अभिनय खेल्ने सपना पुरा भएको पनि बताएकी छिन् । मैले धेरै पहिला देखी दयाहाङको चलचित्र हलमै गएर पनि हेर्ने गरेकी थिएँ । दयाहाङसँग चलचित्र गर्न पाए हुन्थ्यो भन्ने ठुलो सपना थिए आजआएर पुरा हुँदैछ, एकदमै खुसी लागेको छ, छुल्ठिमले भनिन् ।