लोडसेडिङ अन्त्यको कथामा ‘उज्यालो नेपाल’ ( फिल्म सहित)

बैशाख, काठमाडौं।

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा आधारित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । सरोज ओलीको निर्देशन रहेको यस चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।

शुभ मिडिया होम प्रा.लिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर तयार पारिएको यस चलचित्रमा जर्नादन शर्मा उर्जामन्त्री तथा कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा  नियुक्त भएपछि उर्जा क्षेत्रमा आएको परिर्वतनलाई देखाइएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ  । नेपाल टेलिभिजनमा प्रसारण भइसकेको यस चलचित्र ‘उज्यालो नेपाल’हालै  युट्युबमा पनि सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो