के फरक छ ‘वडा नं. ६’ र ‘६ एकान ६’ मा ?

...

Deepa raj giri - nepali comedian

साउन, काठमाडौं ।  चलचित्र ‘६ एकान ६’ को सफलता पछि निर्माता दिपकराज गिरी र दिपाश्री निरौलाको अर्को चलचित्र ‘वडा नं. ६’ प्रदर्शनको तयारीमा छ । गत बर्ष हलसम्म गएर ‘६ एकान ६’ हेरेका दर्शक पुनः एकपटक दिपक र दिपाको चलचित्र ‘वडा नं. ६’ को प्रखाईमा छन् । वडा नं. ६ कस्तो बनेको छ त ? के पहिलाको ‘६ एकान ६’ ले भन्दा बढि दर्शक कमाउन सक्छ ? यो प्रश्न दर्शकले पनि गरीरहेका नै छन् । हल भित्र पसिसकेपछि दर्शकले पुर्ण समय मनोरञ्जन खोजेका हुन्छन् त्यो कुरा ‘वडा नं. ६’ मा भएको निर्माताहरुले दाबी पनि गरेका छन् ।

भर्खर मात्र ‘वडा नं. ६’ को ट्रिजर र ‘एक वाईयत लभ स्टोरी‘ बोलको गित सार्वजनिक गरीएको छ । ट्रिजर र गितलाई ६ एकान ६ सँग दाँज्दा गितमा पहिलाको ६ एकान ६ जस्तो दम देखिदैन । तर छोटो भएपनि ट्रिजरले भने राम्रो दर्शक कमाउला भन्न भने सकिन्छ । किनकी छोटो ट्रिजरले पनि दर्शकको मन जित्नसक्ने देखिन्छ । चलचित्रमा नेपालका प्रमुख हाँस्य कलाकारहरु देखिने भएकाले पनि यस चलचित्रले राम्रो सफलता पाउँछ भन्ने आम मानिसको भनाई हुन्छ । अझ चलचित्रको रोचक बिषय के छ भने चलचित्रमा अभिनय गरेका मुख्य पात्रहरु मा दयाहांङ राई र प्रियंका कार्की बाहेक सबैजना निर्माता हुन् । कलाकार दिपकराज गिरी, दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, कुञ्जना घिमिरेले चलचित्रमा लगानी गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा हुन् ।

deepa raj giri - nepali artist

यसैबिच निर्माता दिपक राज गिरीसँग आर्टिस्ट खबरले तपाईको पहिलाको ‘६ एकान ६’ र अहिलेको ‘वडा नं. ६’ मा के फरक छ भनेर सोधको छ प्रस्तुत छ निर्माता दिपकराज गिरीको भनाईः

“पक्कै पनि पहिलाको ६ एकान ६ र वडा नं. ६ मा फरक त छ नै । ६ एकान ६ मा ६ जना हिरो एउटी केटीको पछि लाग्ने कथा थियो । त्यसमा तिनै ६ जना हिरोले एउटी केटीलाई फ्लो गरीरहने गर्दथे र त्यहिँ सकिन्थ्यो । तर वडा नं. ६ मा कथा शहर बाट गाउँ गएको छ र तपाई हामीले भोगेका देखेका घटनालाई हाँस्य माध्यम बाट प्रस्तुत गरीएको छ । जे होस् ६ एकान ६ मा र वडा नं. ६ मा फरक पाउनु हुन्छ । र हलमा बसेको २ घण्टा १० मिनेटको समय एक पटक पनि निराश हुनु पर्दैन ।  । हाँसेको हाँसेई गर्न पाउनु हुन्छ ।”