<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बालिबालिकाको प्रतिभा निखार्दै उनीहरुको भविष्य निर्माणमा मार्गनिर्देशन गर्ने हेतुले एनोवेसन इवेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘लिटिल स्टार २०१७’प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले लिटिल स्टार २०१७’को उपाधि चुम्न सफल भएका छन्। ६ देखि ८ वर्षसम्म स्मल ग्रुप, ९ देखि ११ मिडिल ग्रुप र १२ देखि १४ बर्षसम्मका बालबालिकालाई बिग ग्रुप गरेर तीन भागमा बिभाजित गरिएको प्रतियोगितामा रिमिक्षाले स्मल, सम्पदाले मिडिल र सान्द्राले बिग तर्फको उपाधि हात पारेका हुन्। </p><p style="text-align: justify; "> आर्मी अफिसर्स क्लब सुन्धारामा शुक्रबार सम्पन्न कार्यक्रममा गायिका संगिता राना प्रधान, नृत्य निर्देशक कमल राई, हेर स्टाइलिस निल डेबिट कटुवाल, किस्टर नेपाल सुरज चिल्वाल, मोडल जोत्सना योगी, अस्मिता लामिछाने, मिस एभरेष्ट आकांक्षा भट्टराई, अन्र्तराष्ट्रिय मोडल दीपक घिमिरे, मोडल अनुप सक्सेना, बक्सर नाक्स बस्नेत लगायत हरु निर्णायक रहेका थिए ।</p><p style="text-align: justify; ">शिर्ष विजेता तीन सबैलाई रुपिज स्कुलकी निर्देशक रुपिज सिंह र सिविल बैंकका सिइयो किसोर महर्जनले नगद रु १०,०००, ट्रफिका साथमा बिभिन्न उपहार प्रदान गरेका छन्। प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका ७२ बालबालिकाको प्रतिस्पर्धा रहेको थियो। त्यस्तै प्रतियोगितामा स्मल ग्रुप तर्फ रुद्राक्ष झा फष्ट रनरअप र अर्थवा जेवी पाण्डे सेकेन्ड रनरअफ, मिडिल ग्रुप तर्फ सम्पुर्ण रेग्मी फष्टरनर अफ र श्रृजित श्रेष्ठ सेकेन्ड रनरअप भएका छन भने बिग तर्फ एस्वेश्री गिरी फष्ट रनरअफ र लिसा डंगोल सेकेन्ड रनरअफ घोषित भएका छन्। </p>