श्रीमानसँग नेपाल घुमघाममा गरिमा पन्त

बैशाख, काठमाडौं ।

पछिल्लो समय चलचित्र ‘झोला’ बाट सर्वाधिक चर्चा कमाएकी नायिका गरिमा पन्त बेल्जियममा बिगत एकबर्ष देखी बस्दै आएकी छिन् । कृष्ण धारावासीको चर्चित पुस्तक ‘झोला’ माथी आधारित चलचित्र ‘झोला’ भन्दा अघि उनले अभिनय गरेका चलचित्रहरुले बक्स अफिसमा खासै राम्रो ब्यापार गर्न नसकेपछि ‘झोला’ मा अभिनय गरिसकेपछि उनको परिश्रमिक पनि बढेको थियो । साथै उनले ‘झोला’ बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी थिइन् ।

नायिका गरिमाले बेल्जियमका धनाढ्य नेपाली युवक हरि शर्मासँग विवाह गरेपछि नेपाल फर्किएकी थिइनन् । अहिले उनी नेपाल आएकी छिन् । विवाहपछि नेपाल नफर्किए पनि उनी  अभिनित चलचित्र ‘तीन घुम्ती’ भने गएको बर्ष रिलिज भएको थियो ।

हरि शर्मासँग विवाह गरेको केही महिनामा नै हरिसँग मिलेर उनले बेल्जियममा ‘गरी सुमी’ नामको एक रेस्टुरेन्ट समेत खोलेकी छिन् । आफ्ना प्रशंसकहरुलाई विवाह गरेको जानकारी दिँदै गर्दा उनले आफु अध्ययन गरेको विद्यालयको सहयोगका लागि अक्षयकोषको समेत घोषणा गरेकी थिइन् ।

गएको चैतको अन्तिमसाता नेपाल आएकी गरिमा यतिखेर आफ्ना श्रीमान हरिसँग घुमघाममै ब्यस्त छिन् । उनले आफु अब चलचित्रक्षेत्रमा फर्किने या नफर्किने भन्ने बारे केहि बताएकी छैनिन् । नेपाल आएपछि श्रीमानसँगको घुमघामकै तस्बिरहरु उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर पनि गरेकी छिन् । यसअर्थमा के अनुमान लगाउन सकिन्छ भने अहिले तुरुन्त चलचित्रक्षेत्रमा फर्किन्नन् । गरिमा चलचित्र गर्नकै लागी नेपाल आएकी हुन् या घुम्नका लागी मात्र आएकी हुन् त्यो बारेभने उनले केहि समय पछि पक्कै बोल्छिन् होला, प्रतिक्षा गरौं ।

सुन्दर मेरो नाम’, ‘पराई’, ‘सासु नन्द भाउजु’, ‘मनले मनलाई छुन्छ’, ‘ठूली’, ‘सासु ससुरा’, ‘फूल’, ‘प्रितिको फूल’, ‘भैहाल्छ नी’, ‘जीवन मृत्यु’ लगायतका दुई दर्जन चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् ।