डेढ दशकदेखी सानो हुँदै ठुलो पर्दासम्म प्रकाशराज

गोपिकृष्ण चापागाई / बैशाख, काठमाडौं ।

नेपाली कलाक्षेत्रमा प्रवेश गर्नेहरुको जमात थुप्रै देखिन्छ । तर प्रवेश गरेअनुसार सफल भने धेरै कम भएका हुन्छन् । पछिल्लो समय नेपालमा पनि चलचित्रको क्षेत्र फराकिलो भएसँगै यो क्षेत्रमा आउनेहरु धेरै छन् । कति रहरले आएका हुन्छन् त कहिले यहिक्षेत्रमा भबिष्य देखेर आएका हुन्छन् । यसैबिच चलचित्रक्षेत्रमै केहि गर्छु भनेर डेढदशक देखी अनबरत रुपमा संघर्ष गरिरहेका छन् प्रकाश राज कार्की ।

सन् २००३ देखी नृत्यबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका प्रकाशराज अभिनय हुँदै निर्देशन तर्फपनि होमिएका छन् । सुरुवातका दिनहरुमा नृत्य सिकाउँदै यो क्षेत्रमा आएका उनले पछिल्लो समय म्युजीक भिडियो निर्देशन गर्न थालेका छन् । करिब १ दर्जन म्युजीक भिडियो निर्देशन गरिसकेका प्रकाशराजले केहि ठुलापर्दाका चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।

नृत्यबाट प्रवेश

कलाकारिता क्षेत्रमा सानैदेखीको रुचि भएको भन्दै नृत्य सिकाउदै उनी कलाक्षेत्रमा प्रवेश गरेका थिए । सुरुवातका दिनबाट करिब तिनबर्ष उनले निरन्तर नृत्य सिकाए । राजधानीको बागबजारस्थित वेस्टन डान्स सेन्टर र ठमेलस्थित शिव कैलाश कला मन्दिरमा उनले बिहानै देखी नृत्य सिकाउने गर्दथे । पछि नृत्य सिकाएर मात्र नहुने भन्दै अभिनय तथा मोडलिङ तर्फ लागेको उनी बताउछन् ।

मिस्टर सिटीमा तेस्रो

प्रकाशराजले सन् २००४ मा पोखरामा आयोजना भएको ‘मिस्टर एण्ड मिस सिटी’मा भाग लिएका थिए । उनले युवाहरुको बौद्धिक कला परिक्षण गर्ने ठुलो बाटो पहिल्याउने त्यस प्रतियोगीतमा तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगीतामा ¥याम्पमा उत्रिएका तिजदर्जन बढी प्रतियोगीलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेका उनले नगद रु. २५ हजारसहित सम्मान पाएका थिए । पहिलो पटक त्यसरी ठुुलो मासमा सम्मान पाउँदा अझ यसक्षेत्रमा केहि गर्ने हौसिला मिलेर अगाडी बढेको उनले बताउँछन् । ‘मलाई लागेको थिएन कि म तेस्रो स्थानसम्म पुग्छु, तर म जब तेस्रो स्थानसम्म पुगे मलाई ठुलो इनर्जि मिल्यो अझै यो क्षेत्रमा केहि गर्छु भन्ने’, प्रकाशराजले भने ।

साना तथा ठुला पर्दाका चलचित्रमा अभिनय

प्रकाशराज कार्कीले सन् २००७ पछि अभिनयक्षेत्रमा पनि हात हालेको बताउछन् । उनले कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘हर्के र बिर्खे’ टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेका थिए । उक्त टेलिसिरियलमा मन्त्रीको पिए भएर अभिनय सुरु गरेको उनी बताउछन् । कान्तिपुर टेलिभिजनको एकबर्षे अभिनय यात्रा पनि नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुँदै आएको ‘चलेको चलन’ टेलिसिरियलमा पनि अभिनय गर्ने मौका पाए । साथै जीवन थापा निर्देशीत ‘ढुक्क’ नामक टेलिसिरियलमा पनि अभिनय गरेको उनी बताउछन् । यसरी सानो पर्दामा अभिनय गरेका प्रकाशराजले अभिनेता आर्यन सिग्देल मुख्य भुमिकामा रहेको चलचित्र ‘होमवर्क’बाट पनि ठुलो पर्दाको चलचित्रमा अभिनय यात्रा सुरु गरे । होमवर्कमा अभिभावकको भुमिका निभाएका उनले अब केहिसमय पछि रिलिज हुने चलचित्र ‘स्मोकि सिटी’ मा पनि अभिनय गरेका छन् ।

कार्की फिल्मस्बाट अगाडी

पछिल्लो समय प्रकाशराजले कार्की फिल्मस् प्रा.ली. सञ्चालनमा ल्याएर अगाडी बढिरहेका छन् । अहिले पनि आफ्नो कम्पनीबाट नृत्यको परिक्षण दिँदै म्युजीक भिडियोमा ब्यस्त रहेको उनी बताउँछन् । धेरै छोटा फिल्महरु निर्माण गरिसकेका उनले अब ठुलो फिल्मको पनि निर्माण गर्ने तयारीमा जुटेको बताउछन् । ‘मैले मेरो निर्देशनमै धेरै छोटा फिल्महरु त बनाएँ तर अब भने ठुलो फिल्ममा पनि हात हाल्दैछु हेरम कत्तिको सफल हुन्छु’, प्रकाशराजले आगामि योजना सुनाउदै भने । उनले नाम खुलाउन नचाहेका अब बनाउने चलचित्रको नेपाल चलचित्र निर्देशक समाजका सचिव सुनिल अभिकारीले स्क्रिप्ट लेख्दै गरेको बताए । चलचित्र कमेडी र लब स्टोरीमा आधारित हुने उनको भनाई छ ।

- हिमालय टाईम्समा राष्ट्रिय दैनिकमा प्रकाशित सामाग्री