‘चपली हाईट’का नायक अब माओवादीमा उम्मेदवार

बैशाख,काठमाडौं।

पछिल्लो समय नेपाली कलाकारहरु चलचित्र क्षेत्रमा सक्रियताका साथै राजनितीमा पनि संलग्न हुन थालेका छन्। यसैबिच चलचित्र ‘चपली हाईट’ का कलाकार राज घिमिरे पनि स्थानिय तह निर्वाचनमा वडा अध्यक्ष पदमा उठ्ने भएका छन् । कलाकार घिमिरेले ललितपुरको गोदावरी नगरपालिका वडा नं ३ को वडाअध्यक्ष पदको लागी नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दर्ता गरेका छन्। उक्त पदका लागि उनले माओवादी केन्द्रबाट टिकट समेत पाइसकेका छन् ।

घिमिरेले वडा अध्यक्षमा आफु विजयी भएपछि पाउने मासिक तलब र सुविधाको रकम नगरका विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरुको अध्यायनका लागि लगाउने घोषणा समेत गरेका छन् ।

यस्तै पछिल्लो समय नायिका रेखा थापा, करिश्मा मानन्धर तथा गायिका कोमल वली पनि स्थानिय चुनावको माहोलमा निकै सक्रिय रुपमा देखिन थालेका छन्।