हेर्नुहोस हाँस्यकलाकारलाई जन्मदिने आमाहरु (फोटोफिचर)

बैशाख, काठमाडौं।

आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन। आमा हुनेले आज आफ्नो आमालाई मिठो खानेकुरा खुवाएर मनाउने गर्दछन् भने आमा नहुनेहरुले आमालाई सम्झेर आजको दिन मनाएका हुन्छन् ।

आज बिहानै देखी सामाजिक सञ्जालका भित्ताहरुमा आफ्ना आमाको तस्बिर पोष्ट गर्नेहरु धेरै भेटिन्छन् । देशबिदेश रहेर आमालाई सामाजिक सञ्जाल मार्फत भएपनि सम्झनेहरु धेरै छन् । यस्तैक्रममा हामी यहाँ नेपाली आर्टिस्टहरुको माता तिर्थ औंशीको विशेष कुरा गर्दै छौं ।

हामीले दिनहुँ टेलिभिजनको पर्दामा देखेका कलाकारहरुलाई जन्मदिने आमाको बारेमा बुझेका हुन्नौं र देखेका पनि हुन्नौं । कलाकारका बारेमा मात्र बुझ्ने गरेका हामी आज केहि हाँस्य कलाकारहरुको आमाको तस्बिर प्रस्तुत गर्दैछौं।

जितु नेपाल

टेलिभिजनमा जिरे खुर्सानीको मुन्द्रेबाट चर्चित भएका जितु नेपालले आज आफ्नी आमासँगको तस्बिर पोष्ट गर्दै केहि लेखेका छन् । उनले ''सेल्फी होस त यस्तो। सबै आमाहरू खुसी हुन।सबै आमाहरू हॉसी रहुन। आमाको मुख हेर्न बर्षदिन कुर्न न परोस। सबै आमा हरूमा सेबा ढोग ।जय मता …'' भन्दै आमासंगको सेल्फी फोटो शेयर गरेका छन्।

सिताराम कट्टेल, कुञ्जना घिमिरे

हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा धुर्मुस र सुन्तलीको भुमिकाबाट दर्शकमाझ रुचाइएको दुई कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले  यतिवेला चर्चाको विषय बनेका छन्।  धुर्मुस सुन्तली फाउन्डेसन सुरु गरी भुकम्प पिडितलाई सहयोग गर्दै आएका उनीहरु अहिले पिडितहरुका लागि दाताको रुपमा परिचित छन्।पीडितका लागि भगवान बन्न सफल  उनीहरुलाई जन्म दिने आमाको तस्विर यस्तो रहेको छ।

विल्सन बिक्रम राई

हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा तक्मेबुढा भएपछि अझ चर्चामा आएका विल्सन बिक्रम राईको आमा यतिवेला यस संसारमा छैनन्। आफ्नी आमासँगको पल धेरै समय बिताउन नपाएपनि अहिले पनि धेरै आमाको माया पाएको उनले बताउँदै आएका छन्।  गत वर्ष उनले आफ्नी स्वर्गीय आमालाई सम्झिँदै पुरानो तस्बिर पोष्ट गरेका थिए जुन उनको निकै सानो बेलाको तस्विर हो।

शिबहरी पौडेल

हाँस्य टेलिश्रृंखला जिरे खुर्सानीमा प्वाक्क मुखामा हानु जस्तो थेगो भनेरै चर्चामा आएका कलाकार हुन शिवहरी पौडेल। यही थेगो बाट दर्शकहरुलाई मनोरञ्जन दिँदै आएका उनको आमाको तस्विर यस्तो रहेको छ।

कुमार कट्टेल ९जिग्री०

हाँस्य टेलिश्रृंखला भद्रगोलबाट जिग्रीको भुमिकाबाट चर्चामा आएका छन् कुमार कट्टेल । आफ्नी आमालाई बिद्धाश्रममा राखेर आमा तिमी महान भन्दै लेख्नेहरु बिरोध जनाउने जिग्रीको आमाको तस्विर यस्तो छ।