अहिलेबाटै हलमा हेर्न पाइनेछ ‘छक्का पञ्जा २’ को टिजर

...

<pre><b>बैशाख, काठमाडौं।</b></pre><p>&nbsp;बिहिबारदेखि &nbsp;छायाँकन सुरु भएको चलचित्र &nbsp;‘छक्का पञ्जा २’ले आफ्नो &nbsp;टिजर भने प्रर्दशनमा ल्याइसकेको छ। चलचित्रको सुटिंग भन्दा पहिले सुट गरिएको चलचित्रको टिजर हलहरुमा बज्न थालिसकेको छ। आजबाट बहुप्रतिक्षित चलचित्र ‘बाहुबली २’ को प्रदर्शनसँगै दिपकराज गिरी र दिपाश्री निरौलाको छक्कापंजा २को &nbsp;टिजर हलमा प्रशारण गर्न &nbsp;सुरु गरिएको हो । <br><p>‘छक्का पञ्जा २’ को टिजरमा पछिल्लो समय निकैनै सुपरहिट &nbsp;भएको गीत ‘साइँली’ समावेश गरिएको छ । टिजरमा साइँली सुन्दै बाइकमा गइरहेका राजा अर्थात् दिपकराज गिरी र हैट् अर्थात् बुद्धि तामाङको संवाद समावेश छ । ‘सबैजना चालिस कटेसी रमाउँने भन्छन् त राजा ?’ भन्ने बुद्धिको प्रश्नमा &nbsp;राजाले जवाफ दिएका छन -, ‘चालिस कटेसी अरु रमाउँछन् त्यो भन्दा अघि चाहिं म रमाइलो गर्छु ।’<br> 'छक्का पंजा २'को टिजर संगै अहिले हलहरुमा चलचित्र 'डायरी', 'पर्व', 'हिटलर','जालो' आदिको गीत ,ट्रेलरहरु प्रर्दशन हुँदै आएका छन्।&nbsp;</p></p>