आर्यन नखेल्ने भए ‘नाई नभन्नु ल ४’ मा

...

aryan sigdel

साउन, काठमाडौं ।  ‘नाई नभन्नु ल २’ का अभिनेता जीवन लुईटेललाई रिप्लेस गरेर ‘नाई नभन्नु ल ३’ मा आएका अभिनेता आर्यन सिग्देल नाई ‘नभन्नु ल ४’ मा नखेल्ने भएका छन् । यस अघि अभिनेता सिग्देल नाई ‘नभन्नु ल ४’ को लागि पम्का भएको समाचार बाहिर आएको थियो । अहिले सम्म नायिका प्रियंका कार्की र अनुभव रेग्मी पक्का भएको छ । तर अहिले आर्यनले खासै वास्ता नदिएको र अनुभव सँग पुरा समय दिन नसक्ने भएको कारण आर्यनलाई ‘नाई नभन्नु ल ४’ मा राख्न नसकिने निर्देशक बिकास आचार्यले बताए ।

निर्देशक आचार्यका अनुसार अब नयाँ कलाकारको खोजी गरीएको छ । ‘नाई नभन्नु ल २’ मा अभिनेता जीवन लुईटेलले समय दिन नसक्दा ३ मा अभिनेता आर्यन सिग्देल आएका थिए ।