<pre><b>बैशाख, काठमाडौं।</b></pre><p>चर्चित हाँस्यटेलिश्रृंखला 'भद्रगोल'का मुख्यपात्रअर्जुन घिमिरे (पाँडे)र कुमार कट्टेल (जिग्री) यतिवेला सप्तरी जिल्लाको गम्हरियामा रहेका अति बिपन्न दृस्टिबिहिन मण्डल परिबारको लागि अपाङ्ग मैत्री तथा बालमैत्री घर बनाउने अभियानमा जुटेका छन्। सोही अभियानका लागि हालै इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ।केही महिना अघि गठन भएकोअभियानमा इजरायलबाट ६० भन्दा बढी सहयोगिहरुबाट संयुक्त रुपमा एकलाख सतहत्तर हजार पाँचसय बिस रुपैंया जम्मा भएको छ। अभियन्ताहरु अर्जुन पौडेल,राज क्षेत्री,राज छत्कुली,सुबास खरेल,दिपेन पौडेल राम ढुंगाना लगायतले उठेको रकम जिग्री पाँडेलाई बुझाएका छन्। 'जिग्री पाँडे प्रतिष्ठान'का अध्यक्ष कुमार कट्टेल ले इजरायलबाट सहयोग गर्नेहरु सबैलाई धन्यवाद व्यक्त गर्दै उनीहरुको सहयोगले बिपन्न मण्डल परिवारको लागी अपांग तथा बाल मैत्री घर बनाउँने योजना रहेको बताएका छन्। </p><p><img src="http://artistkhabar.com/uploads/posts/6ddbfaf9b8aa7f0c90ba5ed17a479c561493617416.jpg" style="width: 960px;"><br></p>