तेरिया मगरलाई गृहजिल्लामा सम्मान

बैशाख, काठमाडौं।

अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको नाम फैलाउन सफल भएको भन्दै तेरिया मगरलाई गृहजिल्लामा सम्मान गरिएको छ । शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी तेरियालाई एक लाख रूपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको छ। तेरियाले ‘झलक दिखलाजा’को विजेता भएर आफ्नो देश नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा भैरहवाका समाजसेवी सत्यलाल हिराचनले नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् । कार्यक्रमलाई रमिता थापा मगर केसीले संयोजन गरेकी थिइन्।

राष्ट्रिय प्रतिभालाई नागरिक समाजबाट आफ्नो गच्छेअनुसार प्रोत्साहनस्वरूप केही न केही सहयोग गर्नुपर्छ भन्ने मनमा लागेको कारण तेरियालाई सम्मान गरिएको समाजसेवी हिराचनले बताएका छन् । तेरिया सन् २०१४ मा डीआइडी र सन् २०१७ मा झलक दिखलाजा कार्यक्रमकी प्रथम विजेता भएकी थिइन् । कार्यक्रममा तेरियाले ‘डाँफे झै नाँच्ने, हिमाल झैं हाँस्ने, नेपालकी छोरी हुँ म’ भन्ने गीत गाएकी थिइन् ।शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी तेरियालाई एक लाख रूपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको कार्यक्रमकी संयोजक रमिता थापा मगर केसीले बताइन् ।