बैशाख, काठमाडौं।

काठमाडौंको ओस्कार कलेज अफ फिल्म स्टडिज ले सिंगापुरको सिंगापुर इनफिनिट स्टुडियो संग चलचित्र निर्माण, वितरण, प्रदर्शन लगायत विविध विषयमा आपसी सहकार्यको सम्झौता गरेको छ।
मंगलबार ओस्कार कलेजमा आयोजित एक कार्यक्रममा स्टुडियो र ओस्कार कलेजबीच सम्झौता भएको हो। सम्झौतामा कलेजका तर्फबाट सिईओ बिनोद पौडल र स्टुडियोका तर्फबाट अध्यक्ष सुयीमोले हस्ताक्षर गरिन् ।सम्झौता संगै सुयीमोले कलेजको विधाथीहरुलाई छात्राबृत्तिसँगै अन्तर्राष्ट्रिय चलचित्रमा अबसर दिने बताएकी छिन्। उनले ओस्कार कलेजको तर्फबाट निर्माण हुने चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहयोग गर्ने बताएकी छिन्। साथै उनले आफ्नो स्टुडियो दक्षिण पूर्वी एशियाकै ठुलो फिल्म स्टुडियोको रुपमा बिकसित हुन लागेको जनाएकी छिन्।

कार्यक्रममा अध्यक्ष सुयीमोले स्टुडियोका तर्फबाट कलेजका लागि विभिन्न उपकरण पनि हस्तान्तरण गरेकीछिन् । त्यस्तै उनले ओस्कार कलेजका बिएफएस तेस्रो वर्षका पाँच विधार्थीलाई चलचित्र अध्ययनका लागि जनही ३५ हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरेकी छिन्।

सिंगापुर इनफिनिट स्टुडियोसँगको सहकार्यले नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय बजारमा जानका लागि सहज हुने कलेजका सिइओ विनोद पौडेलले जनाएका छन्।