‘महानगर’ घोषणा ,केकीलाई रिप्लेस गर्दै मेनुका लिड रोलमा

...

<pre><b>बैशाख, काठमाडौं।</b>&nbsp;
</pre><p>काठमाडौंमा संघर्षरत रहेको युवापुस्ताको कथामा चलचित्र 'महानगर' बन्ने भएको छ। बुधबार &nbsp;राजधानीमा आयोजित कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरिएको छ। मोहन राईको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रमा नायक कर्मा शाक्य र नायिका मेनुका प्रधान लिड रोलमा अनुबन्धित भएका छन्। यस अघि चलचित्रमा केकी अधिकारी नायिका रहने भन्ने खवर आएपनि उनलाई मेनुका प्रधानले रिप्लेस गरेकी छिन्। चलचित्रका कार्यकारी निर्माता रहेका गोविन्द मैनालीले केकीको व्यस्तताका कारण केकीको सट्टा मेनुकालाई अनुबन्धित गरिएको जनाएका छन्। चलचित्र 'महानगर' &nbsp;वैशाख २७ गतेबाट फ्लोरमा जाने भएको छ।&nbsp;</p>