‘बाहुबली’को अफरलाई रिजेक्ट गर्ने यी बलिउड स्टार

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;यतिवेला चलचित्र नगरीमा राज गरिरहेको फिल्म हो 'बाहुबली'। फिल्मको अपार सफलता पछि यसका स्टारहरुले पनि निकैनै चर्चा कमाउन सफल भएका छन्। &nbsp;साउथ इन्डियन हिरोको रुपमा रहेका प्रभास यसै फिल्मबाट भारतीय सुपरस्टार बन्न सफल भएका छन्। तर मिडियामा आएको खवर अनुसार प्रभाषलाई &nbsp;यस फिल्मका लागि सुरुमै अफर भने गरिएको &nbsp;थिएन्। रिलिज भएको केही दिनमै करोडौंको व्यापार गर्न सफल भएको 'बाहुबली'को लागि सुरुमा बलिउड स्टार राख्ने सोच गरिएको थियो। मिडियाका अनुसार फिल्मका निर्माता &nbsp;एसएस राजामौलीले सुरुमा फिल्मको लागि बलिउड स्टारहरुलाई अफर गरेका थिए। तर उनीहरुले फिल्म खेल्न अस्विकार गरेका थिए।</p><p style="text-align: justify; ">बताइएअनुसार प्रभासलाई रोल अफर गर्नुभन्दा अघि राजामौलिले बलिउड हिरो ऋतिक रोशन र जोन अब्राहमलाई अफर गरेका थिए ।तर उनीहरु दुवैले फिल्मको अफर अस्विकार गरेका थिए। &nbsp;त्यसपछि प्रभासलाई फिल्म अफर गरिएको थियो। बलिउड स्टारलाई लिएर फिल्म बनाउने राजामौलीको रहर पुरा नभएपनि यो फिल्मले निकैनै सफलता हासिल गर्यो। जसले प्रभाषलाई पनि बलिउड स्टारहरु भन्दा माथिको दर्जामा पुर्याएको छ। एजेन्सी</p>