‘डियर माया’ मा हराएकी मनिषा (ट्रेलर)

बैशाख, काठमाडौं।

पछिल्लो समय क्यान्सरका कारण फिल्म क्षेत्रबाट टाढा रहेकी नायिका मनिषा कोइरालाले फेरि बलिउडमा कमव्याक गरेकी छिन्। उनले बलिउडमा कमब्याक गरेको फिल्म डियर मायाको हालै ट्रेलर रिलिज भएको छ। चलचित्रमा मनिषा पाको महिलाको भुमिकामा देखिएकी छिन्।

सिमलामा हुर्किएका २ किशोरी र मायादेवीको रोचक कथामा बनेको यस फिल्मको ट्रेलरमा मनिषालाई हराएकी महिलाको रुपमा देखाइएको छ। डायरेक्टर इम्तियाज अलीका असिस्टेन्ट सुनैना भटनागरको फिल्म डियर माया यसै बर्षको जुन २ मा रिलिज हुँदैछ ।

'सौदागर', '१९४२ : अ लव स्टोरी' र 'बम्बे' जस्ता फिल्महरुमा काम गरिसकेकी मनिषालाई डिसेम्बर २०१२ मा ओवेरियन क्यान्सर भएको थियो । त्यसपछि उनी उपचारका लागि ६ महिना अमेरिका बसिन् । २ मे, २०१३ मा मनिषा पूर्ण रुपमा क्यान्सरबाट मुक्त भएकी थिइन् । एजेन्सी