मेरीबास्सैका भटभटेले भने – ‘मलाई नक्कली जिग्री बनेको भनेर आरोप लगाईयो’

...

बैशाख, काठमाडौं ।  नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकार बेगम नेपाल (भटभटे)ले आफुलाई नक्कली जिग्री बनेको भनेर आरोप लगाइएको बताउनुभएको छ । केहि दिन अघि एक अनलाईनमा सुनसरीको झुम्का महोत्सवमा नक्कली जिग्री र पाँडे बन्ने दुई जना कुटिएको र जसमध्ये मेरी बास्सैका बेगम नेपाल जिग्री बनेको र लेखान्त भुसाल पाँडे बनेको समाचार प्रकाशित भएपछि सो समाचार प्रति आपत्ति जनाउनु भएको हो ।

bhatbhate meri bassai

गएको चैत २३ गते सुनसरीको झुम्का महोत्सबमा पुग्नुभएका कलाकार नेपाल २४ गते बिहान काठमाडौं फर्केको तर एक्कासी यस्तो समाचार आएपछि अरुको इज्जत माथि नै खेलवाड गरेको धारणा व्यक्त गर्नुभयो । मेरीबास्सैका कलाकार बेगम नेपाल जिग्री बनेको र अर्का कलाकार बिष्णु बुढाथोकीले पाँडेको अभिनय गरेर झुक्काएको भन्ने गलत समाचार आएपछि टेलिश्रृंखला भद्रगोलका कलाकार अजुर्न घिमिरे (पाँडे)लाई फोन गर्दा घिमिरे आँफैले नै सो समाचार टिपाएको तर समाचारमा नाम टिपाउँदा गल्ति भएर बेगम नेपाल हुन पुगेको भन्नुभएको कलाकार नेपालले आर्टिस्ट खबर डटकमलाई बताउनु भयो ।

vatvate news

कलाकार बेगम नेपाल (भटभटे) ले आटिस्स खबरडटकम सँग गर्नुभएको कुराकानी जस्ताको तस्तै

– सुनसरीको झुम्का महोत्सबमा मलाई २३ गतेको कार्यक्रमको लागि बोलाउनु भएको थियो म २३ गतेको कार्यक्रम आफ्नै शैलीमा गरें मैले कसैको अभिनय चोरेको छैन र कुनै नक्कली जिग्री पनि नबनेको छैन । चैतको २४, २५ र २६ गते नेपाल बन्द भन्ने हल्ला भएपछि म २३ गते त्यहिँ बसेँ तर अर्को दिन बन्द फिर्ता भएपछि म २४ गते बिहानै काठमाडौं फर्केँ ।
कलाकारलाई धेरै पैसा दिन नसक्ने त्यसैले सस्तो कलाकार चाहियो भनेपछि हामि गएका थियौं । मेरी बास्सैको व्यवस्थापन हेर्नुहुने बिष्णु बुढाथोकी पनि त्यहि कार्यक्रमको लागि जानु भएको थियो । बिष्णु बुढाथोकी र लेखान्त भुसालले कार्यक्रममा एकैसाथ प्रस्तुती दिनुभएको थियो तर उहाँहरुको गेटअप पाँडे र जिग्री कोहि सँग मिल्दैनथ्यो । उहाँले पुलिसको गेटअपमा प्रस्तुती दिनुभएको थियो । लेखान्त भुसालले गर्नुभएको अभिनय पाँडेको आवाज मात्र मिल्ने तर अन्य केहि पनि नमिल्ने थियो लेखान्त भुसालले आफैले भन्नु भयो कि मैले पाँडेको रोल गरेको हैन आवाज मात्र त्यस्तो थियो तर हामिलाई आरोप लगाईयो ।
यस्तो समाचार आएपछि मैले भद्रगोलका कलाकार अजुर्न घिमिरे दाई (पाँडे) लाई फोन गरेँ उहाँले पत्रकार समुन्द्र घिमिरेलाई आफैले समाचार टिपाएको कुरा बताउनु भयो अनि गल्तिले तिम्रो नाम लेखिएछ भन्नु भयो ।
यसरी अरुको इज्जतमाथि नै नराम्रो दाग पर्ने गरी खेलवाड गर्नु राम्रो होइन । मुख्य स्रोत पत्ता नलगाई हचुवाको भरमा समाचार लेख्ने गर्दा आज हाम्रो जस्तो धेरैको गलत समाचार बनेका छन् ।