धुर्मुस सुन्तलीलाई जापान बाट २८ लाख सहयोग

बैशाख, काठमाडौं।

‘धुर्मुस सुन्तली फाउण्डेशन’को सहयोगको लागि जापानमा आयोजना गरिएको कार्यक्रम 'धुर्मुस सुन्तली साँझ २०१७' भव्यताका साथ सम्पन्न भएको छ। जापानको नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सुर्य अंकित नेपाली झण्डा फरफराउँदै धुर्मुस–सुन्तलीलाई अभिनन्दन गरेका थिए। कार्यक्रममा ‘धुर्मुस सुन्तली का साथै चर्चित प्रस्तोता दिनेश डिसी, चर्चित पप गायक दिपक बज्राचार्य र हास्य कलाकार बांगे बाको समेत कार्यक्रममा बेजोड प्रस्तुती रहेको थियो ।

एउटै स्टेजमा आयोजना गरिएको  ‘धुर्मुस–सुन्तली साँझ २०१७’  र च्यारिटी डिनर कार्यक्रम बाट फाउन्डेसनको लागि सहयोग पनि जुटेको छ। आयोजकका अनुसार कार्यक्रमबाट फाउण्डेशनका लागि २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ (३१ लाख ५४ हजार २ सय ४ जापानी येन) सहयोग संकलन भएको थियो । सो रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरि सकिएको छ । कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकहरुबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै डवल गर्ने घोषणा गरेका थिए । हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको हो । कार्यक्रममा करिव सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण समेत गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भुवन भट्टको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा प्रस्तुतिका साथमा धुर्मुस सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताएका छन्। अहिलेसम्म ३ वटा बस्ति निर्माण गरी हस्तान्तरण गरिसकेका धुर्मुस सुन्तलीले कार्यक्रममा आफ्नो चौथो प्रयास जापानबाट सुरु भएको बताएका छन्। कार्यक्रममा सहयोगको लागि आग्रह गदै उनले बस्तीको खाका समेत प्रस्तुत गरे ।

त्यस्तै धुर्मुस सुन्तली साँझ २०१७ को  मुख्य प्रायोजकको रुपमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको लक्की ड्र मा  ३० जना विजेताले १२ पटक नेपाल पैसा पठाउन पाउने भएका छन् । कार्यक्रम हेर्न उपस्थित भएका दर्शकहरुको अर्धकट्टी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निकालेका थिए । त्यस्तै सिटी ट्राभलले एक जनालाई नेपाल जापान आउने हवाई टिकटको लक्की ड्र समेत गरेको थियो । सो लक्की ड्रको विजेता रमेश केसी भएका थिए । कार्यक्रमको क्रममा विजेता केसीलाई सिताराम कट्टेल ‘धुर्मुस’, सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ र सिटी ट्राभलका म्यानेजर दिनेश केसीले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । धुर्मुस सुन्तली साँझको टिकट खरिद गर्नेहरुले टिकट लिएर आएमा एक पटक सर्भिस चार्ज फ्री पाउने भएकोले सिटी एक्सप्रेसको काउन्टरमा सम्पर्क गर्न सकिने सिटी एक्सप्रेसका अध्यक्ष श्रेष्ठले जानकारी दिए