बहराईनमा रोमाको उत्कृष्ट प्रस्तुती, दर्शकको आँखामा आँसु (भिडियो सहित)

...

roma neupane

साउन, काठमाडौं । आफ्नो एक खुट्टाको उत्कृष्ट प्रदर्शन गरेर लाखौं दर्शकको मनमा बसेकी कलाकार रोमा न्यौपानेले बनराईनको एक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । बहराईनमा गएको शनिबार भएको कार्यक्रममा रोमाको नृत्य हेरेर आँसु नझार्ने दर्शन भेटिएनन् । जब उनी स्टेजमा प्रवेश गरीन् तब उनका सयौं फ्यान दर्शकहरुले उनलाई हौसला प्रदान गर्दै ताली पिटे अनी रोमाको नृत्य हेर्दै जाँदा दर्शकको आँखामा आँसु रसाउन थाले ।

स्टेजमा बैशाखिको सहारामा पुगेकी रोमा जब गित सँगै बैशाखि बिनानै नृत्य गर्न थालिन दर्शक अचम्मी पर्दै आँखामा आँसु टिल्पिल टिल्पिल गराउँदै तालि बजाए र दर्शकको अझ हौसलाले रोमाको नृत्य उत्कृष्ट बनेको थियो । रोमा स्टेजमा ‘मर्ने कसैलाई रहर हुँदैन’ भन्ने बोलको गितमा नृत्य गरेकी थिइन् । नेपाल ओएरवेयर सोसाईटी बहराईले भुकम्प प्रभावितहरुको सहयोगार्थ आयोजना गरेको नेपालको लागि एक साँझ कार्यक्रममा कलाकार रोमा न्यौपाने, मनोज गजुरेल, मन्जु पौडेल, खुमन अधिकारी, सागर पुन, जीवन शर्माले आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रम बहराईनको डेल्मोन होटल मानमा मा भएको थियो ।

Video:

roma neupane- manju paudel, khuman adhikari and manoj gajurel