<pre><b>बैशाख,काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र 'जेरी' बाट डेब्यु गरेकी नायिका आना शर्मा र नव नायक आशिरमान देशराज जोशीको मुख्य अभिनयमा बनेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को टिजर रिलिज भएको छ । एक्सनले भरिएको चलचित्रको टिजरले दर्शकको मन तान्न सक्ने देखिन्छ्। त्यस्तै टिजरमा आशिरमान र आनाको प्रेमलाई पनि देखाउन खोजिएको छ। </p><p style="text-align: justify; ">हेमराज बीसीको निर्देशनमा बनेको यस चलचित्रमा आशिरमान र आना का साथैसंयम पुरी र रोजिशा शाही ठकुरी पनि मुख्य भुमिकामा रहेका छन्। चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।चलचित्रमा सबिन एकतारेको गीत, कालिप्रसाद बास्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन तथा बनिष शाहको सम्पादन रहेको छ।चलचित्र भदौ २ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको छ। </p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/1_YKV9YAYxk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>







२४ बैशाख २०७४, आईतवार ०८:४८ 








