पत्रकार मनिषलाई ज्यान मार्ने धम्की,संघबाट कारबाहीको माग

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;कुनै पनि समाचार वा सुचनाका विषयमा निष्पक्ष तथा स्वतन्त्र ढंगले कलम चलाउने व्यक्ति हुन पत्रकार। समाचार सम्प्रेषण गर्ने क्रममा पत्रकारहरुले &nbsp;विभिन्न दवाव तथा हस्तक्षेप पनि सहनु पर्ने हुन्छ्। तर हालै भने एक रंगपत्रकार माथि समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की आएको छ। &nbsp;चलचित्र पत्रकार संघका सदस्य तथा फिल्मी खबरका पत्रकार मनिष दाहाल ‘ अञ्जान’ लाई &nbsp;समाचार लेखेकै कारण एक अपरिचित व्यक्तिले धम्की दिएका छन् । चलचित्र प्रेमगीतको बारेमा समाचार लेखेको कारण उनलाई नेपालगंजको नम्बरबाट ज्यान मार्ने धम्कि आएको &nbsp;हो।&nbsp;</p><p>&nbsp;दाहालले ‘कहानी यो प्रेमगीतको भर्सेस भन्छु आज, दर्शकले रुचाए कुन ? शिर्षकको समाचार &nbsp;लेखेकै कारण उनलाई शनिबार राति आईन्दा यस्तो समाचार लेखेमा जे पनि गर्न सक्ने र प्रकाशित समाचार हटाउने धम्कि आएको थियो।धम्की पछि दाहालले चलचित्र पत्रकार संघमा सुरक्षाको माग गरेका छन्। यस विषयमा चलचित्र पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस विषयमा संघले यस किसिमको धम्की प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै दोषिलाई तत्काल सजाय गरी पत्रकारको सुरक्षा दिलाउनका लागि विज्ञप्ती जारी गरेको छ।&nbsp;</p><p><img src="http://artistkhabar.com/uploads/posts/65abe1d2c63a49f0af950d5ef70f88b71494316691.jpg" style="width: 1035px;"><br></p>