<pre><b>बैशाख, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड एक्टर रणवीर कपुरका फ्यानहरुका लागि खुसीको खवर छ। भारतीय मिडियाका अनुसार लण्डनमा बस्ने एक युवतीसँग उनको विवाहको कुरा भइरहेको छ। केटी हेर्न रणवीरकी आमा केही दिनअघि लण्डन गएकी थिइन्। उनलाई ती युवती मन परेको र परिवारसँग कुरा भइरहेको भारतीय मिडियाले जनाएका छन्। </p><p style="text-align: justify; ">पछिल्लो समय एक्ट्रेस कट्रिना कैफ संगको प्रेमसम्बन्धका कारण चर्चा पाएका रणवीरले कट्रिना संग विवाह गर्ने सम्म पुगेका थिए तर २०१६ मा उनीहरुको ब्रेकअप भयो। </p><p style="text-align: justify; ">हुनत कट्रिना नै उनको पहिलो प्रेमिका भने होइनन्। कट्रिना भन्दा अघि अवान्तिका मलिक, सोनम कपुर, नन्दिता मेहतानी र दीपिका पादुकोणसँगको प्रेम सम्बन्धले पनि निकै चर्चा कमाएको थियो। अब भने रणवीरले मागी विवाह गर्ने खवर बाहिरिएको छ। तर रणवीर र उनको परिवारको तर्फबाट कुनै पुष्टि भने भएको छैन्। </p>