पुर्व मिस नेपाल इभाना विवाह बन्धनमा

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">सन् २०१५ कि मिस नेपाल बिजेता इभाना मानन्धर विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रगुण राजभण्डारीसँगको प्रेम सम्बन्धलाई बैवाहिक सम्बन्धमा परिणत गरेकी हुन् ।<br></p><p style="text-align: justify; ">खासै तडकभडकका साथ विवाह नगरेकी इभानाले विवाह पार्टी भने भत्तय दिएकी थिइन् । उनले विहिवार काठमाडौंको लाजिम्पाटमा स्थित होटल र्याडिसनमा विवाह पार्टी दिएकी थिइन् । पार्टीमा मिस नेपालका आयोजक, पूर्व मिस नेपाल बिजेताहरु, र नजिकको साथी भाइलाई मात्र निम्त्याइएको थियो । काठमाडौं भोटेवहालकी उनी १८ प्रतिस्पर्धीलाई पछि पार्दै २०१५ को मिस नेपाल विजेता बन्दै मिस वल्र्डमा नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् । प्रगुण भने व्यापारी रहेका छन् । उनी सांग्रिला स्पिरिट प्रालि, इको इन्फिरिटी प्रालि लगायतसँग आवद्द छन् ।</p>