<pre><b>बैशाख, काठमाडौं । एजेन्सी</b></pre><p style="text-align: justify; ">भारतीय स्टार सलमान खान यतिखेर दुबईको अबुधाबीमा आफ्नो आउँदो चलचित्र 'टाइगर जिंदा है' को छायांकन सेटमा ब्यस्त छन् । यसका साथै सलमानको यतिखेर लभको चक्कर चलिरहेको छ । अबुधाबीमा सलमान खानसँग रोमानियन गर्लफ्रेंड लुलिया वंतूर सँगै छिन् । यतिमात्र होइन् उनकी एक्स गर्लफ्रेंड कटरीना कैफ पनि सलमानसँगै छिन् । </p><p style="text-align: justify; ">सलमानसँग समय बिताउन उनकी गर्लर्फेन्ड लुलिया दुबर्इ पुगेकी हुन् भने कट्रिना सलमान सँग 'एक था टाइगर'को सिक्वेल चलचित्रको छायांकनका लागी अबुधाबी पुगेकी हुन् । आज भोली अबुधाबीमा सलमानसँग एक तर्फ पूर्ब गर्लर्फेन्ड कटरिना र अर्को तर्फ अहिलेकी गर्लर्फेन्ड लुलियासँगै हुँदा उनले कसरी सम्हालि रहेका होलान् ? यो कुराको यतिखेर बलिउडमा पनि चर्चा चलेको छ । </p>







३० बैशाख २०७४, शनिबार १२:३४ 








