भोट दिएर घर फर्कने क्रममा अभिनेता बिक्रम परियारको हत्या

जेठ, काठमाडौं  ।

सोमबार स्थानिय तहको चुनावमा भोट दिएर घरतर्फ फर्कनेक्रममा अभिनेता बिक्रम परियारको एक अज्ञात समूहले हत्या गरेको छ ।  तनहुँको ब्यास नगरपालिका १ मा उनको हत्या भएको प्रहरीले जनाएको छ । आफन्तले दिएको जानकारी अनुसार उनी साथीहरुसँग घुम्न निस्किएका थिए । ब्यासस्थित छाला फ्याक्ट्री नजिकै उनी मृत भेटिएका हुन् ।  उनीसँगै रहेका भनिएका स्थानिय देवनारायण श्रेष्ठ पनि घाइते भएको प्रहरी निरिक्षक विजयराज पण्डितले जनाए ।

दिउँसो करिब ४ बजेतिर भएको घटना लगत्तै अस्पताल लगिएका परियारलाई रत्नहरि अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनास्थल नजिकै फालिएको अवस्थामा मोटरसाइकल फेला पारेको छ । चुनावी विवादलाई लिएर झडप हुँदा परियारको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

नेपाली सिनेमा ‘ताण्डव’, ‘कुसुमे रुमाल’, ‘फिटकिरी’सहित टिभी सिरिज दलनमा समेत परियारले अभिनय गरेका छन् । अनुप बरालको एक्टर स्टुडियोमा स्थापना कालदेखि नै उनी स्वर एवं संगीत शिक्षक थिए ।