कोलकताको मन्दिरमा अमिताभको मुर्ति

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउडका सुपरस्टार अमिताभ बच्चनको फिल्म 'सरकार ३' गत शुक्रवार बाट प्रर्दशनमा आएको छ। बलिउडमा अमिताभको क्रेज संगै उनको फिल्मको सफलताका लागि प्राथना गर्ने &nbsp;फ्यानहरुको पनि कुनै कमि छैन्। यसैविच उनको फिल्म रिलिज भएसंगै कोलकतामा उनको मुर्ति सहितको एक मन्दिर बनाइएको छ। कोलकतामा रहेका सबै बंगाली फ्यानहरु मिलेर उनको कद भन्दा पनि अग्लो मुर्ति मन्दिरमा स्थापना गरेका छन्। यस मुर्तिलाई सुब्रता बोसले बनाएका हुन्।&nbsp;</p><p>&nbsp;मिडियालाई यस बारे जानकारी दिँदै अमिताभ बच्चन फ्यान एसोसिएशन (एबीएफए) का प्रदेश सचिव संजय पटोदियाले अमिताभ बच्चनको फिल्मको सफलताको प्राथना गरेपछि मन्दिरमा उनकै एक प्रतिमा स्थापित गरेको बताएका छन्। उनले मुर्तिलाई बढि आकर्षित बनाउनका लागि अमिताभको उचाई भन्दा अग्लो ६ फिट २ इन्च लामो फाइबरग्लासको प्रतिमा बनाएको बताएका छन्।&nbsp;</p>