गतबर्ष अत्यधिक रुचाईएका तिज गितहरु (भिडियो सहित)

...

hit teej song of 2071

साउन, काठमाडौं । यसबर्षको हरितालिका तिज आउन करिब दुई महिनै बाँकी छ । तिज आउन यतिलामो समय बाँकी रहँदा पनि तिजका गितहरु बजारमा आउन सुरु गरीसकेका छन् । कतिपय कलाकारहरु तिजमा मात्र गित निकालेर पनि बर्षभरी चर्चा कमाएका छन् त कतिपय कलाकारहरु यहि तिजमा चर्चा कमाउने पर्खाईमा बसेका हुन्छन् ।

आज हामी गतबर्ष तिजमा बजारमा आएका गितहरु र बढि रुचाईएका गितहरुको चर्चा गर्दैछौं । पछिल्लो समय गित किनेर हेर्ने चलन हराईसकेको छ, इन्टरनेटको जमानामा मोबाईलमै इन्टरनेट मार्फत युट्यबमा हेर्नेको संख्या अत्यधिक छ । गतबर्ष युट्यवमा अत्यधिक हिट भएका नेपाली तिजगितहरुको चर्चा गरौं ।

१. पिठ्यँमा कनाई देउ न बाई
गतबर्ष युट्युवमा अत्यधिक रुचाईएको तिजको गितको स्थानमा पिठ्युँमा कनाई देउन बाई पर्छ । यो गितको भिडियो हेर्नेको संख्या १४ लाख भन्दा बढि पटक छ । श्री देवी देवकोटोको यस गितमा प्रकाश कटुवाल र शब्द बिनोद ढकालको रहेको छ भने लय गायक प्रकाश कटुवालले नै भरेका छन् । यस गितलाई अन्नपुर्ण भिजनले बजारमा ल्याएको हो । गितलाई म्युजीक अफ नेपालबाट युट्युवमा राखिएको हो । यस गित यसरी हिट हुनुमा पछिल्लो समय चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकारहरुको अभिनय र गितको शब्दलाई पनि लिन सकिन्छ ।
भिडियो पनि हेरौं ।

 २. घुम्रे जुलफी
गतबर्षको अत्यधिक रुचाईएको अर्को तिज गित घुम्रे जुलफीलाई लिन सकिन्छ । यस गितलाई युट्युवमा ८ लाख भन्दा बढि पटक हेरीएको छ । सपना म्युजीक ई। प्रा।ली। द्धारा बजारमा आएको यो गितमा बिष्णु माझीको स्वर रहेको छ । यस गित हिट हुनुमा पनि हाँस्य कलाकारको अभिनयलाई लिन सकिन्छ । धेरै भिडियोमा हेरीनेको तथ्यांक हेर्ने हो भनेपनि हाँस्य कलाकारले अभिनय गरेको कुनैपनि भिडियो अत्यधिक रुचाईएको पाईन्छ । यस गितमा पनि चर्चित हाँस्य कलाकार सिताराम कट्टेलले दोहोरो भुमिकामा अभिनय गरेका छन् । त्यसो त बिष्णु माझीको स्वर रहेकोले पनि अझ चर्चा भएको हुनसक्छ ।भिडियो पनि हेरौं ।

३. मलाई त कत्ति मज्जा हो
गतबर्षको हिट तिज गितमा मलाई त कत्ति मज्जा हो लाई पनि लिन सकिन्छ । युट्युवको तथ्यांकलाई हेर्ने हो भने पनि यो गित अत्धधिक हेरीएमध्येको तेस्रो स्थानमा पर्दछ । यस गित युट्युवमा अहिले सम्म ५ लाख ७३ हजार भन्दा बढि पटक हेरीसकिएको छ । सरीता श्रेष्ठको तिजको गित मलाई त कत्ति मज्जा हो लाई रञ्जना म्युजीक इन्डिष्ट्रिजले बजारमा ल्याएको हो । यस गितमा चर्चित गायक खुमुन अधिकारी र सरीता श्रेष्ठले स्व्र दिएका छन् । गितमा अभिनय शंकर बिसी र पुर्णिमा श्रेष्ठको छ । यस गित रुचाईनुमा पछिल्लो समयको समाजको यथार्थलाई गितमा उतार्नुलाई लिन सकिन्छ । त्यसो त गायक खुमन अधिकारी र मोडल शंकर बिसीका पनि थुप्रै फ्यान छन् ।
भिडियो पनि हेरौं ।  

४. खिच्देउ एउटा फोटो
गतबर्ष खिच्देउ एउटा फोटो बोलको तिज गित पनि चर्चामा नै रह्यो । ज्योती मगर र पशुपति शर्माको स्वर रहेको यो गितलाई आशिस म्युजीक प्रा।लीले बजारमा ल्याएको हो । यस गितमा चर्चित गायक पशुपती शर्माकै लय र शब्द छ । यस गित रुचाईनुमा पनि पशुपति शर्मा र ज्योती मगरलाई लिन सकिन्छ । साथमा शब्दहरु रमाईला छन् । शंकर बिसी र ज्योती मगरको उत्कृष्ट अभिनय रहेको छ । यस गित युट्युवमा ५ लाख ६५ भन्दा बढि पटक हेरीएको छ ।
भिडियो पनि हेरौं ।

५. साईकल किन्न जाम
पशुपति शर्माको लय शब्द र जानकी तारामी मगरको गतबर्षको गिजको गित साईकल किन्न जामले पनि राम्रै सफलता पायो । गायक पशुपति शर्मा र मोडल पार्वती राईको अभिनयले गर्दा पनि भिडियो राम्रो बनेको छ । साथै गितका शब्द हरु पनि त्यतिकै मात्रामा राम्रा छन् । यस गित युट्युवमा ४ लाख ३९ पटक भन्दा बढि हेरीएको छ ।
भिडियो पनि हेरौं ।

६. तिजको आयो लहर
गायिका सुनिता दुलालको गतबर्षको तिजको गित तिजको आयो लहर ले पनि निकै चर्चा पायो । प्रत्येक बर्ष तिजमा चर्चा बटुल्ने गायिका सुनिताले तिजको गित संगितमा छुट्टै स्थान बनाएकी छिन् । अन्य कलाकारलाई तिजमा चर्चा पाउन ठुलै कसरत गर्नुपर्छ भने सुनितालाई धेरै तामजाम गर्नु पर्दैन किनभने उनका गितका गितमा त्यो दम हुन्छ जसले दर्शकको मन सहजै जित्न सक्छन् । सुनिताको गतबर्षको तिजको आयो लहर पनि युट्युमा हिट भयो सुनिताको आफ्नै युट्युव च्यानलबाट अपलोड गरीएको उक्त गित ४ लाख भन्दा बढि पटक हेरीएको छ । सुनिताको तिज गितमा नेपाली पन झल्किएको भेटिन्छ त्यसले गर्दा पनि उनका फ्यान धेरै छन् ।
भिडियो पनि हेरौं ।

त्यस्तै गतबर्ष बजारमा आएका तिज गित मध्ये शोभा त्रिपाटीको रातो पार्सपोटले पनि राम्रै चर्चा पायो । त्यसतै रमेशराज भट्टराई र लक्ष्मी ढकालको सानु मायाले पनि राम्रो चर्चा पाएको थियो । रमेशराजको अर्को गित गाउँले जीवन पनि चर्चामै आएको गित हो ।

– प्रस्तुतीः गोपिकृण्ण