रंगकर्मि परियारको अन्त्येष्टि

जेठ, काठमाडौं ।

स्थानिय तहको निर्वाचनको दिन भोट दिएर फर्कनेक्रममा रंगकर्मि बिक्रम परियारको एक अज्ञात समुहले खुकुरी प्रहार गरी हत्या गर्यो ।  उनको हत्याको खबरले नेपाली रंगजगतनै स्तब्ध बन्यो । साथै उनको पार्थिव शरिरको मंगलबार राजधानीमा अन्त्येष्टि गरिएको छ । उनको शब मंगलबार नै दमौलीबाट काठमाण्डौँ ल्याईएको थियो ।

मंगलबार राजधानीको प्रज्ञाभवन कमलादीमा उनको पार्थिव शरिरमा श्रद्धाञ्जली दिनका लागी थुप्रै रंगकर्मिहरुको उपस्थिती देखिन्थ्यो । अन्तिम श्रद्धान्जली दिन साहित्यकार सरुभक्त, रंगकर्मी बराल, संगीतकार संघका लक्ष्मण शेष, अभिनेत्री गौरी मल्ललगायतका कलाकार तथा शुभेच्छुकहरु पुगे । काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, बनमन्त्री शंकर भण्डारी, सांसद मिन बिश्वकर्मालगायतका पनि श्रद्धान्जलीका लागी पुगे ।

काठमाण्डौँ ल्याउनुअघि उनको शव अन्तिम श्रद्धान्जलीको लागी दमौलीस्थित काङ्ग्रेसको केन्द्रिय कार्यलयमा राखिएको थियो । उनी काङ्ग्रेस समर्थक थिए । उनलाई श्रद्धान्जली दिन दमौलीमा बिहान स्थानियहरुको भिड लागेको थियो । परियारको मंगलवार नै वनकालीमा क्रिस्टियन परम्पराअनुसार अन्त्येष्टि गरियो ।