<pre><b>जेठ, काठमाडौं। </b></pre><p>बलिउडका कैयौं फिल्महरुमा आमाको भुमिका निभाउँदै आएकी चर्चित एक्ट्रेस रीमा लागुको ५९ वर्षको उमेरमा निधन भएको छ। भारतीय मिडियाका अनुसार उनको हर्ट अट्याकका कारण मृत्यु भएको जनाएको छ। उनलाई मुटुमा दुखाई भएपश्चात कोकिलाबेन हस्पिटलमा लगीएको थियो। हस्पीटलमै बुधवार राती उनले अन्तिम सास लिएकी छिन्। मिडियाका अनुसार आज दिउसो २ बजे ओशिवरामा उनको अंतिम संस्कार गरिनेछ। </p><p>रीमाले मेने प्यार किया, आशिकी, साजन, हम आपके हे कोन, वास्तव, कुछ कुछ होता हे ,हम साथ साथ हे जस्ता कैयौं सलमान स्टारर फिल्महरुमा आमाको भुमिका निभाएकी थिईन्। यसका साथै उनले टिभी सिरियल हरुमा पनि काम गरेकी थिइन्। एजेन्सी</p>