प्रियंका र सौगातको ‘फाटेको जुत्ता’ शुभमुहुर्त

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय निकैनै चर्चा कमाइरहेका नायिका प्रियंका कार्की र नायक सौगात मल्ल चलचित्र 'फाटेको जुत्ता'मार्फत एकसाथ देखिने भएका छन्। &nbsp;बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा चलचित्रको शुभमुहुर्त गरिएको छ। निकेश खड्काको &nbsp;निर्देशनमा बन्न लागेको यस चलचित्रको विरगञ्जमा छायांकन गरिने बताइएको छ। चलचित्रको छायांकनका लागि आजै यसको निर्माण टिम विरगञ्जतर्फ लागेको छ ।</p><p>चलचित्रमा प्रियंका र सौगात का साथै वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।चलचित्रलाई अर्जुन कुमारले निर्माण गर्दैछन्। कमेडी जनरामा बनाउन लागिएको यस चलचित्र कात्तिक १७ गतेबाट प्रदर्शनमा ल्याउने बताइएको छ।&nbsp;</p><div><br></div>