अनमोलको ‘कृ’को क्लाइमेक्स खिच्न २० लाख

जेठ, काठमाडौं।

पछिल्लो समय डिमाण्डेबल हिरोको रुपमा चिनिएका नायक अनमोल केसी यतिवेला चलचित्र 'कृ' को छायांकनमा व्यस्त छन्। गोप्य रुपमा छायांकन हुँदैआएको  चलचित्रमा निर्माण पक्षले अनमोलको लुक्सलाई सकभर लुकाउंदै आएका छन्। यसै विच गोप्य रुपमा गर्न लागिएको चलचित्रको छायांकनको केही दृश्यहरु मिडियामा बाहिरिएका छन्।जसमा चलचित्रको छायांकन भव्य रुपमा भइरहेको देख्न सकिन्छ्।  बताइएअनुसार अहिले चलचित्रको क्लाइमेक्स छायांकन भइरहेको छ। र क्लाइमेक्सका लागि मात्र २० लाख बढी रकम खर्च गरिएको जनाइएको छ। चलचित्रका निर्माता सुवास गिरी ले चलचित्रको बारेमा धेरै कुरा बताउन नमिल्ने बताउँदै चलचित्र पुर्ण रुपमा निर्माण हुँदा सम्म दुई करोड भन्दा बजेट खर्च हुने जनाएका छन्।

अहिले चलचित्रको क्लाइमेक्सका लागि २५० केभी लाइट, ३ वटा क्यामेरा प्रयोग गरिएको छ । नेपालमा पहिलो पटक रेड ड्रागन, रेड इपिक र रेड म्याक्सले एकसाथ यो चलचित्र खिचिएको छ । ४० प्रतिशत छायांकन सम्पन्न भैसकेको यो चलचित्रको क्लाइमेक्स खिच्नका लागि १०० जनाको टिम १० दिनदेखि व्यस्त रहेका छन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अनमोल केसीको साथमा नव नायिका अदिती वुढाथोकीको मुख्य भुमिका रहेको छ।