‘लेट मी डान्स नेपाल’ मा ११ प्रतिस्पर्धी भिड्दै

...

<pre><b>जेठ,काठमाडौं&nbsp;</b></pre><p>&nbsp;त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको रियालिटी शो ‘लेट मी डान्स नेपाल’ को सिजन–२मा ११ प्रतिस्पर्धीहरु छानिएका छन् । यस सिजन का लागि तीन माहिनाअघि झापाको विर्तामोड, सुनसरिको बिराटनगर, बाँकेको नेपालगञ्ज कैलालिको धनगढी, कास्कीको पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठूला सहरहरुमा अडिसन लिईएको थियो। अडिसन बाट सय जना प्रतियोगीहरु छानिएका थिए । र उनीहरुलाई काठमाडौं ल्याईएको थियो । उनीहरुलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ ।</p><p>नेपाल टेलिभिजन, हिमालयन टेलिभिजन र नेपाल वान टेलिभिजनबाट प्रशारण हुँदै आएको‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५ हुँदै उत्कृष्ट ११ मा आईपुगेको छ। &nbsp;। जसमा दाङबाट खिमा काउचा मगर, काभे्रबाट दीपा तामाङ र पुसम गिरी, म्याग्दीबाट विष्णु मगर, धादीङबाट योगेस श्रेष्ठ, ललितपुरबाट अभिषेक महर्जन, झापाबाट सामारिका ढकाल, मोरङबाट स्वास्तीका भेटवाल, सुनसरिबाट विकी घिमीर, उदयपुरबाट विवेक घतानी र काठमाडौंबाट सुदीन खड्का रहेका छन् ।अब भने यि प्रतियोगीहरुबाट उत्कृष्ट ७ छनौट गरी त्यसबाट नै अन्तिम फाइनल घोषित गरिनेछ। &nbsp;प्रतियोगितामा नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा निर्णायक रहेका छन्। प्रतियोगीताको फाईनल यहि जेठको अन्तिममा हुनेछ ।प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निणयमा हुने छ । प्रतियोगीतामा विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन ।&nbsp;</p><p>देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ प्रतियोगीताका आयोजक तथा संस्थाका अध्यक्ष क्षेणुप लामाले बताएका छन् ।</p>